युनिक नेपालको अध्यक्षमा पुनः प्रिमबहादुर थारु निर्वाचित

युनिक नेपालको अध्यक्षमा प्रिमबहादुर थारु पुनः निर्वाचित भएका छन्। बर्दियाको राजापुरमा शनिबार सम्पन्न १२औं महाधिवेशनबाट उनी पुनः निर्वाचित भएका हुन्।

त्यस्तै सचिवमा निर्मला चौधरी, कोषाध्यक्षमा जितबहादुर थारु र सदस्यहरुमा निर्मल चौधरी, राधा चौधरी, बसन्ती चौधरी र राधेश्याम चौधरी निर्वाचित भएका छन्। नवनिवार्चित सबैजनालाई युनिक नेपालका संरक्षक डा. गोपाल दहितले सपथ ग्रहण गराएका थिए।

युनिक नेपाल बर्दियालगायत पश्चिम तराईको अग्रणि सामाजिक संस्था हो। यो संस्थाले थारु समुदायका विभिन्न क्षेत्रमा पनि काम गर्दै आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *