माओवादी सांसद इन्द्रजीत चौधरी मन्त्री बन्दै

आठ महिनाका लागि मुख्यमन्त्री भएको दुई महिना पुग्नै लाग्दा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका छन् । १६ महिना कार्यकाल बाँकी रहेका एमालेका मुख्यमन्त्री शंकर पोखरेललाई हटाउन पाँच दलीय गठबन्धनले माओवादीबाट केसी ८ महिना र कांग्रेसबाट वीरेन्द्र कनौडिया ८ महिना मुख्यमन्त्री बन्ने सहमति गरेका थिए।

मुख्यमन्त्री बनेका केसीले लामो समय मन्त्रिपरिषद बिस्तार गर्न नसकेको भन्दै आलोचना भएको थियो। माओवादी केन्द्रले मन्त्रिपरिषद्मा सहभागी हुने व्यक्ति टुंगो लगाएपछि मुख्यमन्त्री केसीले शुक्रबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्। उनी साउन २८ गते मुख्यमन्त्री नियुक्त भएका हुन्।

शुक्रबार शपथ गराउने तयारी गरिए पनि समय र मन्त्रीको नाम भने सार्वजनिक गरिएको छैन। माओवादीले दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्माको मन्त्री बन्ने टुंगो लगाएको स्रोतले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *