बाघको आक्रमणबाट जनकबहादुर थारुको मृत्यु
![बाघको आक्रमणबाट जनकबहादुर थारुको मृत्यु](https://www.tharuwan.com/wp-content/uploads/2021/04/Tiger1.jpg)
बर्दियामा पाटे बाघको आक्रमणबाट बेपत्ता भएका पुरुषको शव फेला परेको छ। पाटे बाघले बेपत्ता बनाएको ४० वर्षका जनकबहादुर थारुको शव गएराति साढे ११ बजे बर्दिया राष्ट्रिय निकुञ्ज नजिक गेरुवा गाउँपालिकाको गोर क्षेत्रमा फेला परेको हो।
हिजो दिउँसो गेरुवा गाउँपालिका-४ ढुकुनियामा नदी किनारमा भैँसीलाई पानी खुवाउन जाँदा पाटे बाघले आक्रमण गरी थारुलाई बेपत्ता पारेको थियो।
थारुलाई बाघले लगेलगत्तै बर्दिया निकुञ्जका चार वटा हात्तीसहितको टोलीले खोजी गरेको थियो।
Facebook Comment