समाचार

रेशम चौधरीको रिहाइ माग गर्दै लोसपा अध्यक्षले दिए प्रधानमन्त्रीलाई ज्ञापन पत्र

जेलमा रहेका निलम्वित सांसद रेशम चौधरीको रिहाइ माग गर्दै लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ठाकुरसहितको टोलीले ज्ञापन पत्र बुझाएको हो।

थारुवान संबाददाता

बाँकेको राप्तीसोनारी गाउँपालिका-४ की एक १६ वर्षीया बालिकालाई योजनाबद्धरुपमा बाँके र बर्दियामा दुई ठाउँमा सामूहिक बलात्कार भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार फेसबुके प्रेमीले जन्मदिन मनाउने भन्दै बोलाएर

थारुवान संबाददाता

समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन माग गर्दै सडक अवरोध गरेर प्रदर्शनमा उत्रिएका सर्वसाधारण र प्रहरीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। सडक खुलाउन लाग्दा भएको झडपमा गोली लागेर घाइते मधुवन-२ की १८ वर्षीया नवीना चौधरीको मृत्यु भएको छ। काखीमुनि गोली लागेका राकेश चौधरीको उपचार भइरहेको छ।

थारुवान संबाददाता

बर्दियाको मधुवन नगरपालिकास्थित ओराली बजारमा प्रहरी र सडक संघर्षमा उत्रिएका समुदायबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ। झडपका क्रममा २० जना घाइते भएका छन्। घटनास्थलबाट बर्दिया अस्पताल गुलरियामा

थारुवान संबाददाता

सरकारले आइतबार बिदा दिने निर्णय खारेज गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो। उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुने छ। वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णय...

थारुवान संबाददाता

बलात्कार मुद्दामा हदम्याद राख्ने कि नराख्ने भन्ने विषयमा प्रतिनिधिसभामा बहस भइरहेको छ । बहसका क्रममा सांसदहरूले हदम्याद राख्ने कि नराख्ने, हदम्याद राखिए कस्तो अवस्थामा राख्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

थारुवान संबाददाता

बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। फेसबुकमा एक वर्षदेखि चिनजान भएका १७ वर्षीय हेमराज थारुले आफ्नो जन्मदिन भन्दै बोलाएका थिए। जन्मदिन भनेपछि भेट्न आएकी किशोरीलाई हेमराजलगायत सात जनाले बलात्कार गरेको बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए।

थारुवान संबाददाता

नेकपा एकीकृत समाजवादीकी सांसद लक्ष्मी चौधरीले पुरुषलाई मात्र मन्त्री सिफारिस गरेकोमा आपत्ति जनाएका छन्। उनले महिलाहरुलाई मन्त्रीमा सिफारिस नगरेको भन्दै आपत्ति जनाएकी हुन्। उनले भूगोल र समावेशिता समेत नमिलाएको भन्दै शीर्ष नेतृत्वको आलोचना गरेकी हुन्।

थारुवान संबाददाता

सुदूरपश्चिम प्रदेश सरकारले २०७९ सालको सार्वजनिक विदाको सूचना प्रकाशित गरेको छ। २०७८ चैत २२ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक विदासम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको हो।

थारुवान संबाददाता

कैलाली जिल्ला समन्वय समितिको प्रमुख पदमा नागरिक उन्मुक्ति पार्टीका इन्द्र चौधरीले उम्मेदवारी दिएका छन्। उनी जानकी गाउँपालिका वडा ६ का निर्वाचित वडाध्यक्षसमेत हुन्। उनका प्रतिद्वन्द्वीका रुपमा नेपालीका कांग्रेसबाट पदमबहादुर कलेलले उम्मेदवारी दिएका छन्।

थारुवान संबाददाता