पुरुषलाई मात्रै मन्त्री बनाएको भन्दै सांसद चौधरीको आपत्ति

नेकपा एकीकृत समाजवादीकी सांसद लक्ष्मी चौधरीले पुरुषलाई मात्र मन्त्री सिफारिस गरेकोमा आपत्ति जनाएका छन्। उनले महिलाहरुलाई मन्त्रीमा सिफारिस नगरेको भन्दै आपत्ति जनाएकी हुन्। उनले भूगोल र समावेशिता समेत नमिलाएको भन्दै शीर्ष नेतृत्वको आलोचना गरेकी हुन्।
‘कामरेड! पार्टीमा केन्द्रीय पदाधिकारी, विभाग, संसदीय समितिको नेतृत्व गरेका एक से एक महिला नेता हुनुहुन्छ। मापन गर्ने हो भने संघर्षकै भट्टीमा खारिएका हुनुहुन्छ। अनुभव र अध्ययनका दृष्टिले हेर्दा प्राज्ञ महिलाहरु पनि पार्टी केन्द्रमा हुनुहुन्छ। जिम्मेवारी पाएका बखत सशक्त भूमिका देखाएका छन्। पार्टी पंक्तिमा महिलाको सक्रियता र उपस्थिति गर्विलो छ। तर मन्त्री छान्दा किन पुरुषमात्र? न भूगोल मिलेको छ, न समावेशिता! यसैगरी समाजवाद आउने कसरी? पुनश्च म व्यक्तिगतरुपमा मन्त्रीको दौडमा थिइन र छैन। तर सगर्व भन्छु: मन्त्री बन्न योग्य महिला नेताको हाम्रो पार्टीमा कमी छैन!,’ उनले भनेकी छन्।
नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले आइतबार पाँच जना मन्त्रीको नाम सिफारिस गरेका छन्। नयाँ बन्न लागेका मन्त्रीहरुमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानी खापुङ र हिरा केसी छन्।
Facebook Comment