2

टीकापुरमा थारू पहाडीले सँगै खेले देउडा

सामाजिक न्याय तथा मानव अधिकार समितिका सदस्य तथा सांसद प्यारेलाल राना सुदूर तथा मध्यपश्चिम पहाडको प्रसिद्ध डेउडा गीतमा मजाले नाचे । टीकापुरथित हाटबजारमा डेउडा नाच्ने उनी एक्ला थारू थिएनन् । उनीसँगै गंगा चौधरी, जोधी चौधरी लगायतले गीतको तालमा पहाडी समुदाय सँगै पाइताला मिलाए ।

थारूवान

पछिल्लो चरणमा स्थानिय तह पुर्नसंरचनाको ब्यापक छलफल र बहस चलिरहेको बेला देउखुरी राप्तीपारीका ६ गबिसलाई टुक्रिन नदिई एउटै गाउँपालिका बनाउने बिषयमा सर्बदलीय सर्बपक्षिय निश्कर्ष निस्किएको छ । गढवा उद्योग बाणिज्य संघको आयोजनामा शुक्रबार राप्तीपारीका ६ वटै गाबिसका राजनितिक दलहरु र संघसंस्थाहरुको उपस्थिती रहेको एक अन्तरक्रिया कार्यक्रमले यस्तो निश्कर्ष निकालेको हो...

थारूवान

दाङका एक व्यक्तिको हत्या भएको छ। बिजोरी-५ का हिरामणि चेोधरीको शव मानपुर जजरा गाउँमा भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। उनको ढुङ्गा प्रहार गरी हत्या भएको हुनसक्ने प्रहरीले अनुमान छ।

थारूवान

थरुहट तराई पार्टी नेपालकी सांसद गंगा थारुले आफ्नो चरित्र हत्या गर्ने हिसाबले टीकाटीप्पणी नगर्न आग्रह गरेकी छन्। उनले एक साप्ताहिक पत्रिकाले आफ्नो चरित्रहत्या गर्ने हिसाबले समाचार लेखेको भन्दै त्यसको भर्त्सना पनि गरेकी छन्।

थारूवान

कृषि विकास मन्त्री गौरीशंकर चौधरीले चालु आर्थिक वर्षबाटै किसानहरुलाई पेन्सन दिन सुरु गर्ने बताएको छन् । राष्ट्रिय कृषक समूह महासंघले बिहीवार काठमाडौमा गरेको आफ्नो स्वागत कार्यक्रममा कृषि विकास मन्त्री चौधरीले किसानहरुलाई नमुनाको रुपमा चालु आर्थिक वर्षबाटै पेन्सन दिइने बताए ।

थारूवान

मन्त्रिपरिषद्को विहिबार बसेको बैठकले तराई– मधेश आन्दोलनका क्रममा क्षति भएको निजी तथा राष्ट्रिय सम्पत्तिको तथ्य सङ्कलन एवम् छानबिन गर्न पूर्व न्यायाधीश गिरीशचन्द्रलाल दासको अध्यक्षतामा सात सदस्यीय आयोग गठन गरेको छ ।

थारूवान

 नेवि संघको विवादका कारण नेपाली कांग्रेसले अझैसम्म मन्त्रीको टुंगो लगाउन सकेको छैन । तर सभापति शेरबहादुर देउवाले छिट्टै मन्त्रीको टुंगो लगाउने बताएका छन् । एमाओवादीले पहिलो लटमै थारु मन्त्रीको शपथ गराए । नेपाली कांग्रेसबाट कसले शपथ लेला भन्ने चर्चा आम थारु समुदायमा छ ।

थारूवान

कृषिमन्त्री गौरी शंकर चौधरीले आफू कामको मामलामा कडा भएको भन्दै इमान्दार भएर जिम्मेवारी पूरा गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्। यसअघिका कृषिमन्त्री हरिबोल गजुरेलको बिदाईमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले इमान्दारिताका साथ काम गर्ने कर्मचारीलाई आफ्नो सदैव साथ रहने र काम चोर कर्मचारीले कारबाहीको दायरामा ल्याउने उनले बताए।

थारूवान

नेवि संघको बुधबार हुने निर्वाचनका लागि पर्साका प्रेम शंकर मुखिया थारुले उम्मेदवारी दिएका छन् । उनले आदिवासी जनजाति कोटाबाट उम्मेदवारी दिएका हुन् ।

थारूवान

विदेश जाने युवालाई विभिन्न प्रलोभनका साथ अनेक भ्रममा पारेर ठगी गर्न लागेको आरोपमा आइतबार सात जनालाई इटहरीबाट प्रहरीले पक्राउ गरेको छ। कामदारको माग बिना र श्रम स्वीकृति नलिई पैसा संकलन गर्ने मात्र उद्देश्यले विदेशी नागरिकलाई झिकाएर अन्तर्वार्ता लिने समूहका तीन तथा अवैध रुपमा विदेश पठाउने चार जनालाई प्रहरीले पक्राउ...

थारूवान