देश

संशोधन प्रस्ताव फिर्ता लिन पेम्बा भोटेलाई एमालेको दबाब

नेकपा एमालेले आदिवासी जनजाति महांसंघका महासचिव पेम्बा भोटेलाई संविधानको विधेयकमाथि दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ। आफूलाई पार्टीको शीर्ष नेताले संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गरेको बताए।

थारूवान

थरुहट/थारुवान संयुक्त सङ्घर्ष समिति बर्दियाका प्रवक्ता देवमान थारुले नेपाली कांग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)को शीर्ष नेतृत्व र उनीहरुकै इसारामा चलेको वर्तमान सरकारले थारु आदिवासी जनजातिको माग पूरा गराउनुभन्दा वर्तमान आन्दोलनलाई दमन गर्ने नीति बनाएकाले आफूहरुको आन्दोलन अझ सशक्त, प्रभावकारी एवम् जनप्रिय बनाउने बताएका छन्।

थारूवान

मधेसी जनअधिकार फोरमका सभासद योगेन्द्र चौधरीले गृह मन्त्री बामदेव गौतमको भनाईमाथि प्रश्न तेर्स्याउँदै सोधे : के आन्दोलनकारी उडिरहेका थिए?गृह मन्त्री गौतमले भदौ १५ गते पर्सामा हवाई फायर हुँदा गोली लागेर घाइते भएका मध्ये ४ जनाको मृत्यु भएको जानकारी आज सदनमा गराएका थिए। उनको भनाईप्रति प्रश्न उठाउँदै चौधरीले सोधे :...

थारूवान

प्रमुख तीन दलबीच अहिले सात प्रदेशलाई नै कायम गरेर अघि बढ्ने सहमति भएको छ। तर, थारु समुदायको मागसहित सीमांकनको अन्तिम टुङ्गो भने आयोग बनाएर गर्ने सहमति भएको छ। तीन दलको बैठकमा भएको सहमति अनुसार प्रमुखसचेतकत्रयले नयाँ संविधानको विधेयकमा संयुक्त रुपमा संशोधन दर्ता गरेका छन्।

थारूवान

नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि ४४ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल, जनमोर्चा नेपाल, नेपाल परिवार दल र नेपाः राष्ट्रिय पार्टीसम्बद्ध सभासद्ले तथा नेपाली काँग्रेस र एकीकृत नेकपा (माओवादी)का सभासद्ले व्यक्तिगत रुपमा ती संशोधन प्रस्ताव संविधानसभा सचिवालयमा दर्ता गराएका हुन्।

थारूवान

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छेदारको नेतृत्वमा रहेको सङ्घीय लोकतान्त्रिक मोर्चा संविधानसभाका सबै प्रक्रियाबाट अलग रहने निर्णय गरेको छ। नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि प्रस्तुत गरेको संशोधनले मुलुकमा विद्यमान द्वन्द्व समाधान नगर्ने निष्कर्षसहित मोर्चा संविधानसभाका प्रक्रियाबाट अलग हुने निष्कर्षमा पुगेको हो।

थारूवान

संविधानको परिमार्जित विधेयक संशोधनका लागि प्रस्तुत गरिने प्रस्ताव सहमतिका आधारमा दर्ता गर्न प्रमुख चार दल सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा (माओवादी) र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेता सम्मिलित बैठकमा दलहरुबीचको सहमतिबाटै संशोधन प्रस्ताव दर्ता गर्ने सहमति बनेको हो।

थारूवान

एनेकपा (माओवादी)का प्रवक्ता दीनानाथ शर्माले थारु समुदायको जायज माग सम्बोधन गरेर संविधान निर्माणमा अघि बढ्नुपर्ने बताएका छन् । संविधान जारी गर्न नदिन विभिन्न क्षेत्रबाट षड्यन्त्र भइरहेको बताउँदै उनले थारुहरुको जायज मागलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्ने उनको भनाई छ ।

थारूवान

बर्दिया- आन्दोलनकारीको आक्रमणबाट प्रहरी हवल्दार देवबहादुर पाण्डेको ज्यान गएको छ। प्रहरीले गाडी स्कर्टिङ गरेर लैजाँदै गर्दा  बर्दियाको मैनापोखरीमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो। सोही क्रममा पाण्डे घाइते भएका थिए। उनलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज पुर्‍याइए पनि अत्याधिक रक्तश्रावका कारण ज्यान गएको बर्दियाका प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले जानकारी...

थारूवान

महानगरीय प्रहरी अपराध महाशाखाले आदिवासी जनजाति महासंघका पूर्वमहासचिव तथा संघीय समाजवादी फोरम नेपालका नेता आङकाजी शेर्पाविरुद्ध चार आरोपमा अनुसन्धान थालेको छ। महाशाखाका अनुसार शेर्पामाथि कैलाली टिकापुर घटनासम्बन्धी १३ रहस्य भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत् सुरक्षा निकायबीच फाटो ल्याउने दुस्प्रयास गरेको आरोप छ।

थारूवान