देश

लक्ष्मण थारुको रेस्टुरेन्टमा प्रहरीको छापा

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारुको रेस्टुरेन्टमा प्रहरीले छापा मारेको छ। राजधानीको बिजुलीबजारमा अवस्थित थारुले सञ्चालन गर्दै आएको ‘थारु भिलेज’मा प्रहरीले साढे ७ बजेतिर छापा मारेको हो। प्रहरीले लक्ष्मण थारुलाई खोज्दै रेस्टुरेन्ट पुगेको प्रत्यक्षदर्शीले बताएका छन्। प्रत्यक्षदर्शीका अनुसार लक्ष्मण थारु नभेटिएपछि सादा पोसाकका प्रहरीहरु फर्किएका थिए।

थारूवान

राम दास चौधरी मैले राजनीतिशास्त्रको अध्ययन गर्दा राज्यको स्वरुपबारे पढेको थिएँ। जसमा स्पष्ट रुपमा लेखेको छ कि राज्यले जहिले पनि सत्तामा भएकाहरुको रक्षा गर्छ र सत्ता टिकाइराख्न जहिले पनि जुनसुकै कदम चाल्न र सबैथरीको (शाम, दाम, डण्ड, भेद) अस्त्र सस्त्रको प्रयोग गर्न पछि पर्दैन। यो कुरा आज मलाई लाग्दैछ।...

थारूवान

एमाओवादीले थारु समुदायलाई सम्बोधन नगरी अघि बढ्न नसक्ने निष्कर्षका साथ दलहरुसँग सहमतिको प्रयास थालेको छ। एमाओवादी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले बुधबार एमाले अध्यक्ष केपी शर्मा र नेता माधवकुमार नेपालसँग गोप्य भेट गरेका छन्।

थारूवान

समाजिक सञ्जालमा सामाजिक सद्भाव भड्काउने सन्देशहरु राखेको भन्दै प्रहरीले जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शेर्पालाई बौद्धबाट पक्राउ गरेर सोधपुछ थालेको हो। स्रोतका अनुसार प्रहरीले शेर्पाको ट्वीटर र फेसबुकमा पोष्ट भएका सामाग्री तथा सन्देशबारे सोधपुछ गरेको छ।

थारूवान

थारु कल्याणकारीणि सभाका पूर्वमहामन्त्री राजकुमार लेखीले तराई मधेसको गाउँबाट उठेको विद्रोहको आगो छिट्टै सिंहदरवार र संविधानसभासम्म पुग्ने बताएका छन्। जारी आन्दोलनको समर्थनमा अन्तरजातीय महासंघले राजविराजमा आयोजना गरेको विरोध सभामा बोल्दै नेता लेखीले यस्तो बताएका हुन्।

थारूवान

थरुहट थारुवान संयुक्त संघर्ष समितिका नेता रेशम चौधरीले टीकापुर घटनामा घुसपैठ गरी थारु समुदायलाई बद्नाम गराउने काम भएको बताएका छन्। सदभावना पार्टीका नेता एवं संघर्ष समितिका चौधरी टीकापुर रहेको कैलाली क्षेत्र नम्बर १ का संयोजक हुन्। टीकापुरमा भएको आमसभामा उनले नै राजेन्द्र महतो, उपेन्द्र यादव र अमरेशकुमार सिंहलाई बोलाएका थिए। टीकापुर...

थारूवान

व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिको एक टोलीले टीकापुर घटनाको स्थलगत अवलोकन गरेको छ। टोलीमा सहभागी सदस्यले भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनाको स्थलगत रुपमा अवलोकन गरेको हो।

थारूवान

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अान्दोलनका क्रममा मंगलबार बारा र पर्सामा गरी पाँच जनाको मृत्यु भएको छ। वीरगञ्जमा कर्फ्यु तोड्ने क्रममा प्रहरीको गोली लागि ४ जनाको मृत्यु भएको छ भने एक जनाको बारामा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी जिवेस लोहनीले कर्फ्यु तोड्ने क्रममा...

थारूवान

एकीकृत नेकपा माओवादीका प्रमुख सचेतक गिरिराजमणी पोखरेलले ७ बाट ८ प्रदेश बनाएर भए पनि थारुहरुका लागि छुट्टै प्रदेशको माग गरेका छन्। संविधानको परिमार्जित विधेयकमाथिको छलफलका क्रममा उनले थारुहरुमाथि अन्याय भएकोले कैलाली र कञ्चनपुरलाई टुक्र्याएर भएपनि थारुहरुका लागि विशेष व्यवस्था गरिनुपर्ने तर्क गरे।

थारूवान

सरकारले अखण्ड सदूरपश्चिम आन्दोलनकारीलाई संरक्षण गरेर थारुहरुलाई दमन गरेको नेकपा-माओवादीका सचिव देव गुरुङले आरोप लगाएका छन् । सरकारले विवेक पुर्‍याउन नसक्दा टीकापुरमा अप्रिय घटना भएको भन्दै उनले आन्दोलनमा यस्तो हुनु स्वाभाविक भएको बताए ।

थारूवान