देश

थारु कसैका सत्रु होइनन् : शान्ता चौधरी

शान्ता चौधरी टिकापुरमा जे भयो गाउँका अबोध थारुहरुलाई अगाडि सारेर भयो। थारु समुदायलाई दमन गर्न, बदनाम बनाउन, देश जलाउन सुनियोजित रुपमा भयो। थारु समुदायलाई अगाडि सारेर भित्रभित्रै हिँसा गर्ने र प्रतिकार भन्दै थारुको घर जलाउने दुवै काम सभ्य मानिसले गर्न सक्दैन। यो अपराध हो। यो सबैको छानविन होस्।

थारूवान

वर्षौंदेखि मिलेर बसेका समाजमा जातीय र सामाजिक सद्‍भाव बिग्रन नदिन संयम र धैर्यधारण हुनुपर्नेमा सबै पक्षले जोड दिएका छन्। सोमबारको घटनापछि स्थिति बिग्रँदै गएर जातीय द्वन्द्व बढ्दै जाने खतरा औंल्याउँदै यस्तो चिन्ता व्यक्त गरिएको हो। जातीय द्वन्द्व बढेकाले नै सम्भावित घटना हुन नदिन सुरक्षा समितिले धनगढीमा पनि कर्फ्यु लगाएको...

थारूवान

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत थारु र मधेसी मोर्चालाई संविधानसभाबाट अलग नहुन अपील गरेका छन् । संविधानसभामा संविधानको विधेयकमाथि बुधबारदेखि सुरु भएको छलफलमा भाग लिँदै प्रचण्डले जायज माग सम्बोधन गर्ने ठाउँ बाँकी रहेको बताए । उनले यो प्रक्रियामा थारु समुदायले अपमानित महसुस गरेको र मधेसमा पनि आवाज...

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले थारु, मधेसी र जनजाति समुदायलाई सम्बोधन नगरे संविधानसभा छाड्ने चेतावनी दिएका छन् । संविधानको विधेयकमाथि संविधानसभामा बुधबारदेखि सुरु भएको छलफलमा भाग लिँदै गच्छदारले सात प्रदेशले समाधान नदिने बताए । यो निश्चित सिद्धान्त र मान्यताबाट नआएको भन्दै उनले भने-‘तीन दलका नेताले दुरदर्शी सोच बनाउन...

थारूवान

फोरम लोकतान्त्रिकका सभासद् जनकराज चौधरीले दुई वर्षीय बालकको ज्यान प्रहरीको गोलीबाट भएको बताएका छन्। रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनीसँग यसरेबारे प्रश्न सोध्दा उनले प्रहरीको गोलीबँट मृत्यु भएको खबर स्थानीयले दिएको बताए। उनी टीकापुर क्षेत्रबाट निर्वाचित सभासद् पनि हुन्। सोमबारको हिंसात्मक झडपमा एसएसपीसहित सात प्रहरी र एक बालकको ज्यान...

थारूवान

बिभिन्न दलका थारु सभासदले कैलालीको टीकापुरमा थारु सभासद र नेताहरुको घरमा छानीछानी आगजनी भएको भन्दै प्रधानमन्त्री र शीर्ष नेताहरुको ध्यानाकर्षण गराएका छन्। आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरुले टीकापुरमा कर्फ्युको समयमा थारु समुदायको घरमा आगलागी हुँदा पनि प्रशासनले रोक्न पहल नगरेको आरोप लगाए।

थारूवान

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफू थारु विरोधी नभएको बताएका छन् । थारु समुदायको आन्दोलनका क्रममा कैलालीको टीकापुरमा भएको हिंसात्मक आन्दोलनमा एसएसपीसहित सात सुरक्षकर्मी मारिएको भोलिपल्ट देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गरेका हुन् ।

थारूवान

टीकापुरमा भइरहेको दमनबारे जानकारी गराउन संविधानसभामा प्रतिनिधित्व जनाउने थारु सभासद्हरु प्रधानमन्त्री निवास बालुवटार पुगेका छन्। प्रदर्शनकारीमाथिको दमन र थारु सभासद्लगायतका घरमा आगजनीको खबर पाएपछि उनीहरु प्रधानमन्त्री सुशील कोइरालालाई ध्यानाकर्षण गराउन बालुवाटार पुगेको फोरम लोकतान्त्रिकका सभासद् रामजनम चौधरीले जानकारी दिए।

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद् जनकराज चौधरीको घरमा आगजनी गरिएको छ। कर्फ्यूका बीच अखण्ड पक्षधरले टीकापुर ब्लक नम्बर ६ स्थित घरमा आगजनी गरेको सभासद् चौधरीले नागरिकन्युजलाई जानकारी दिए। घरमा कोही नभएकाले मानवीय क्षति भने नभएको उनले बताए।

थारूवान

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणको काममा जुटिरहेका बेला विभिन्न समुदायबाट कैलालीको टीकापुरमा सुरक्षा निकायमाथि भएको घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै त्यसको भर्त्सना गरेका छन्।

थारूवान