देश

‘वनको चरीसँगै बास्न मिल्छ कि मिल्दैन !’

गृहमन्त्री वामदेव गौतमले सामाजिक सद्भावमा खलल पार्ने तथा जातीय विद्वेष फैलाउन भइरहेको प्रयासलाई निस्तेज तुल्याउन र मेलमिलापको वातावरण बनाउन प्रमुख राजनीतिक दल र सांसदलाई आह्वान गरेका छन्। व्यवस्थापिका-संसद् राज्य व्यवस्था समितिको आजको बैठकमा उनले सबैको हक अधिकार सुनिश्चित गरेर अघि बढ्नुपर्ने बेलामा केही व्यक्ति र समूहले सामाजिक सद्भावलाई बिथोलेर...

थारूवान

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले सात प्रदेशको खाकाप्रति विरोध जनाउँदै सशक्त संघर्षको चेतावनी दिएको छ। शुक्रबार तीन दलले ल्याएको सात प्रदेशको खाका नेताहरुले राजनीतिक अभिष्ट पूरा गर्न ल्याएको र यसले थारु, जनजाति, मेधेसी, मुस्लिम, दलित, महिला, लगायत उत्पीडनमा पारिएका जातिको सम्बोधन नगर्ने बताउँदै समितिका संयोजक धनिराम चौधरीद्वारा जारी विज्ञप्तीमा उल्लेख...

थारूवान

शीर्ष नेताहरु सम्मिलित विशेष समितिको आजको वैठकले सात संघीय प्रदेशहरु बनाउने निर्णय गरेको छ। विशेष समितिमा रहेका सम्वाद समितिका सभापति बाबुराम भट्टराईले दिएको जानकारीअनुसार पहिलेका १,२,३,४,५ नं प्रदेशहरू यथावत् ( ३ नं प्रदेशमा ठोरी गाविस सहित) राखिएको छ। त्यसैगरी पहिलेको ६ नं प्रदेशलाई विभाजित गरी कर्णाली पूर्वका जिल्ला/भूभाग रहने...

थारूवान

व्यवस्थापिका संसदमा मधेसवादी दलका नेताले मधेस आन्दोलनमा सहादतप्राप्त भए परिवारलाई ५० लाख रुपैयाँ दिने घोषणा गरेको विषयमा सांसदहरुले चर्को विरोध गरेपछि संसदले यसबारे जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएको छ।

थारूवान

सङ्घीयताको सीमाङ्कनको पुनरावलोकनबारे सात घन्टा लगातार बैठक गरेका चार दलका शीर्ष नेतालाई पत्रकारले सोधे, ‘छलफल जारी छ, भोलि सहमति हुन्छ भन्नेबाहेक नयाँ कुरा के छ?’ नेताहरुको जवाफ आयो, ‘भोलि (बिहीबार)चाहिँ पक्का टुङ्गिन्छ।’

थारूवान

  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले थरुहट/मधेस प्रदेशका लागि भइरहेको आन्दोलनमा घाइते भएकाको रेखदेख र उपचारको व्यवस्था गर्ने भएको छ। मधेसी मोर्चाको बुधबार बसेको बैठकले गठवन्धनले आहृवान गरेको बन्दका क्रममा आन्दोलनका क्रममा कसैले ज्यान गुमाए प्रदेशिक सरकार बनेपछि पीडित परिवारलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ। साथै उसले मृतकको परिवारका...

थारूवान

राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले संविधानसभाबाट सामूहिक राजीनामा दिएको घोषणा गरेको छ। विगतको सहमति सम्झौताअनुसार संविधान नबन्ने भएकाले साक्षी किनारा बन्नका लागि मात्रै संविधानसभामा नबस्ने सदभावनाले जनाएको छ।

थारूवान

व्यवस्थापिका–संसद्को आजको बैठकमा समय माग गर्दै अधिकांश सभासद्ले सप्तरी जिल्लाको भारदहमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका जनतामाथि प्रहरीले गोली प्रहार गरेकामा सरकारको आलोचना गरेका छन्।

थारूवान

उन्नती चौधरी/धनगढी पहिचान पक्षधरका नेताहरुले कञ्चनपुरदेखि चितवनसम्मको जिल्लालाई थरुहट प्रदेश बनाउन जोड दिएका छन्। थारुवान/थरुहट आन्दोलन परिचालन संघर्ष समितिको आयोजनामा भएको आम सभामा नेताहरुले सो कुरामा जोड दिएका हुन्।

थारूवान

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले जारी आमहडतालाई भदौ चार दिनसम्म निरन्तरता दिने निर्णय गरेको छ। आज बसेको समितिको केन्द्रीय संयोजन समिति र सचिवालयको संयुक्त बैठकले आमहडतालाई निरन्तरता दिने निर्णय गरेको सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइयो।

थारूवान