देश

संविधान हाम्रा लागि होइन जनताका लागि हो : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यस पटक सभासद्ले संविधान दिन नसकेका कारण शिर निहुरिएर संविधानसभाबाट फर्किनु नपर्ने बताएका छन्। व्यवस्थापिका–संसद्को आजको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानमा व्यक्ति व्यक्ति नेपालीका माग एकै पटक पूरा गर्न नसकिने बताए। नेता ओलीले भने, ‘यही देशको अन्नपानी खाई देश टुक्र्याउन चाहने...

थारूवान

मदन चौधरी/काठमाडौं थरुहट भूमि पहाडमा मिसाएको विरोधमा संयुक्त थरुहट÷थारुवान संघर्ष समितिले मंगलबार राजधानीमा मसाल जुलुस प्रदर्शन गरेको छ । बागबजारबाट निकालिएको ¥यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । बागबजारको भित्रि गल्लीबाट निस्केको र्‍याली बाहिरी सडकमा आइपुग्दा प्रहरीले हस्तक्षेप गरेर तितरवितर बनाएको थियो । जुलुसका आधा दर्जन थारुहरु घाइते भएका छन्...

थारूवान

थारुको छाता संगठन थारु कल्याणकारिणी सभा, थारु सभासद् र थारुका विभिन्न संगठनले संयुक्तरुपमा आन्दोलनको घोषणा गरेका छन्। सिंहदरबारमा बसेको थारू सभासद, दलका नेताहरू, अधिकारकर्मी र थारू कल्याणकारिणी सभाका पदाधिकारीको बैठकले मसला जुलुससहित तराई बन्दको घोषणा गर्ने निर्णय गरेको हुन्।

थारूवान

चार दलका शीर्ष नेताले जनातका सुझावका आधारमा अहिले गरिएको प्रदेशको प्रस्तावित सीमा हेरफेर गरिने प्रतिवद्धता जनाएका छन् । नेताहरुले मंगलबार राजधानीमा विशेष पत्रकार सम्मेलन गर्दै सीमांकनको विषयलाई लिएर विभिन्न जिल्लामा भइरहेको आन्दोलनमा जनतालाई संयम हुन आग्रह गरेका छन् ।

थारूवान

प्रस्तावित संविधानको मस्यौदामाथि संविधानसभामा जारी छलफलमा भाग लिने सभासद्हरुले जनताका हकअधिकार कुष्ठित हुने गरी सीमाङ्कन गरिएको, सामर्थ्य र पहिचानका आधारमा सीमाङ्कन नगरिएको र मस्यौदामा पनि थुप्रै कमीकमजोरी भएको भन्दै परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

थारूवान

काठमाडौं- संविधान लेखन प्रक्रियाप्रति असन्तुष्ट तराई–मधेसकेन्द्रित दलले अखण्ड सुदूरपश्चिमको माग अस्वीकार गर्दै थारु समुदायको आन्दोलनलाई समर्थन जनाएका छन्।

थारूवान

एमालेबाहेकका थारू सभासदले सीमांकन खाकाको विरोध गर्दै आन्दोलनमा जाने निर्णय गरेका छन्। आइतबार सिंहदरबारमा बसेको उनीहरूको बैठकले थरुहट संघर्ष समितिसमेत गठन गरेको छ। संविधानसभामा प्रतिनिधित्व गर्ने ४२ थारू सभासदमध्ये एमालेसँग ६ सभासद छन्।

थारूवान

नवलपरासीका थारुहरुले थारुहरुको अस्तित्व समाप्त पार्नेगरी चार दलका शर्ष नेताहरुले संघीयता ल्याएको आरोप लगाएका छन्। नवलपरासीको दण्डामा थारु कल्याणकारिणी सभा नवलपरासीले गरेको पत्रकार सम्मेलन बोल्दै थारु बुद्धिजीबीहरुले नवलपरासीलाई नटुक्र्याउन माग गरे। टुक्र्याए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

थारूवान

आदिवासी जनजातिका पूर्वअध्यक्ष एवं थारु कल्याणकारिणी सभाको आन्दोलन परिचालन समितिका संयोजक राजकुमार लेखीले हिजो (शनिरबार)को दिन कालो दिन भएको बताएका छन्। उनले चार प्रमुख राजनीतिक दलले ६ प्रदेशको सीमांकनमा गरेको षडयन्त्रमूलक सहमतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

थारूवान

थारु सभासद्हरुले ‘थारु सभासद् संघर्ष समिति’ गठन गरेका छन्। थारु मुद्दा सशक्तरुपमा उठाउने उद्देश्यले संविधानसभाभित्रका थारु सभासद्हरुले संघर्ष समिति गठन गरेका हुन्। जसको संयोजकमा रामजनम चौधरी छन्। प्रवक्तामा एमाओवादीका अमनलाल मोदी र कोषाध्यक्षमा नेपाली कांग्रेसका तेजुलाल चौधरी छन्। समितिको सदस्यमा सबै थारु सभासद्हरु छन्।

थारूवान