देश

सभाध्यक्षलाई थाकसको ज्ञापन पत्र

  थारु कल्याणकारिणी सभा (थाकस)ले संविधान सभा अध्यक्ष सुवास नेम्वाङलाई ज्ञापन पत्र बुझाएको छ। सभाका अध्यक्ष धनिराम चौधरी नेतृत्वको टोलीले थारु हक अधिकार सुनिश्चित हुनुपर्ने मागसहित ज्ञापन पत्र बुझाएको हो।

थारूवान

प्रमुख चार राजनीतिक दलका शीर्ष नेता सङ्घीय प्रदेशको सीमा निर्धारण गरेर संविधान जारी गर्न सैद्धान्तिकरुपमा सहमत भएका छन्। सिंहदरबारमा बसेको प्रमुख दलका शीर्ष नेताको बैठकमा सङ्घीयताको विषयमा आम जनताको चाहनाअनुसार प्रदेशको सीमाङ्कन गर्न सैद्धान्तिकरुपमा सहमत भएको हो। 

थारूवान

थारु कल्याणकारिणी सभाले ४५ बुँदे माग राख्दै प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापन पत्र बुझाएको छ। स्वायत्त प्रदेश र संवैधानिक थारु–थरुहट आयोगलगायत मागसहित सभाका अध्यक्ष धनिराम चौधरी नेतृत्वको टोलीले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापन पत्र बुझाएको हो। शनिबारमात्रै संविधान सभाभित्रका थारु सभासद्हरुले आठ बुँदे मागसहित प्रधानमन्त्रीलगायत शीर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाएका...

थारूवान

लक्की चौधरी। थारुको स्वायत्त र संरक्षित प्रदेशको मागगर्दै थारु सभासदहरुले संयुक्तरुपमा शीर्ष चारदलका नेता तथा संवाद समितिका सभापतिलाई ज्ञापनपत्र बुझाउने भएका छन्। शुक्रबार नै ज्ञापनपत्र बुझाउने तयारी गरेका थारु सभासदले शनिबार ज्ञापनपत्र बुझाएर आफ्नो मागबारेमा पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेका छन्।

थारूवान

संविधानसभामा रहेका थारू सभासदहरूले कैलाली र कञ्चनपुरलाई ‘अखण्ड सुदूरपश्चिम’ मा नराख्न आग्रह गरेका छन्। काठमाडौंमा बसेका थारू सभासदको भेलाले प्रदेशको सीमांकनसहित संविधान ल्याउन माग राख्दै दुई जिल्लालाई ‘थरुहट प्रदेश’ मा राख्न माग गर्ने निर्णय गरेको हो।

थारूवान

नागरिक दैनिकबाट साभारि गरिएको ‘मत्थर बन्दै ‘थरुहट’ माग’ शीर्षकको समाचारमा थरुहट तराई पार्टी नेपालले ध्यानाकर्षण जनाएको छ। समाचारमा उल्लेखित ‘संंघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमै रहेर आन्दोलनमा लागेको एक खेमाले थरुहट तराई पार्टीको नाममा पार्टी विभाजन गर्‍यो’मा आपति जनाउँदै सचिव मिनराज चौधरीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘२०६५/०६६ सालमा सशक्तरुपले भएको ऐतिहासिक...

थारूवान

देवेन्द्र बस्नेत/नागरिक दैनिक। दाङ- आठ वर्षअघि थरुहट प्रदेश माग गर्दै आगो बलेको देउखुरी क्षेत्रमा आवाज मत्थर बनेको छ। थरुहट प्रदेशको मागमा एक बनेको यहाँको थारु समुदायले संविधानसभा दोस्रो निर्वाचनसँगै आफ्ना मुद्दा त्याग्न थालेको हो। निर्वाचनमा थरुहट आन्दोलनसँग गाँसिएका दलले नै थारु समुदायको मत पाएनन्। संविधानको प्रारम्भिक मस्यौदा संकलनसम्म आइपुग्दा...

थारूवान

लक्की चौधरी/काठमाडौं थारु सभासदहरुले राज्यको सबै तहमा जनसंख्याको आधारमा समानुपातिक समावेशीताको सुनिश्चित्ता गर्ने प्रावधान नयाँ संविधानमा व्यवस्था गर्न माग गरेका छन्। संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सिंहदरवारमा बिहीबार संयुक्तरुपमा ज्ञापनपत्र बुझाउँदै सभासदहरुले सो माग गरेका हुन्।

थारूवान

संजय थारु। ५/६ महिनापछि सिंहदरवार गएका थियौं। थरुहट आन्दोलनताका म एक सामुदायिक बिधालयमा कक्षा ९ मा पढ्थे। मैले थारु राजनीति त्यही आन्दोलनबाट सिक्न सुरु गरेको थिएँ। हुन त म आन्दोलनमा सहभागी भएको थिइन्, तर आन्दोलनबाट बेलुका फर्केपछि ठूलो बुबा र काकाहरु बैठक बस्दा धयान दिएर कुरा सुन्थे। आन्दोलनमा के...

थारूवान

मधेसी दलका कार्यकर्ताले संविधानको मस्यौदामाथिको सुझाव संकलन सम्बन्धी कार्यक्रममा अवरोध पुर्याएका छन्। उनीहरुले मस्यौदा उपसमितिले गौर नगरपालिकाको सभाकक्षमा बिहीबार आयोजना गरेको छलफल कार्यक्रममा मस्यौदा च्यात्नुका साथै नारावाजी गर्दै कार्यक्रमलाई प्रभावित बनाए।

थारूवान