देश

हत्या, हिंसा र आन्दोलन गरेर मुलुकलाई अफ्ठ्यारो नपार्नुस् : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताका समस्या समाधान गर्न र अधिकार स्थापनाका लागि चलाइएको आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नु आजको प्रमुख कार्यभार भएको बताएाक छन्। ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथिको संशोधनसहितको दफावार छलफलमा’ आज भाग लिँदै उनले राष्ट्रलाई यथास्थितिमा रुमल्लिन नदिई अघि बढाउन अन्तिम बिन्दुमा आफूहरु...

थारूवान

एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले जनताको प्रतिनिधिद्वारा संविधान निर्माण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेकाले अब कुनै पनि हालतमा यसलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

थारूवान

नेपाली कांग्रेसले आफ्ना सभासदहरुलाई आइतबारको संविधान सभा बैठकमा अनिवार्य उपस्थितिको लागि निर्देशन दिएको छ। कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले शनिबार पार्टीका सबै सभासदलाई एसएमएस मार्फत बैठकमा उपस्थित हुन निर्देशन दिएका हुन्। ‘आइतबार ११:३० बजे देखि सुरु हुने संविधान सभा बैठकमा नयाँ संविधानको विधेयकमा मतदान हुने भएकाले अनिवार्य उपस्थित हुन...

थारूवान

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले तराईमा मधेसी र थारुले गरेको आन्दोलनलाई सम्बोधन गर्नुपर्ने बताएका छन्। राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनको चौथो क्षेत्रीय तथा जिल्ला अधिवेशनका अवसरमा भक्तपुरको सल्लाघारीमा आयोजित कार्यक्रममा उनले अब आउने संविधान समावेशी र समग्र नेपालीले अपनत्व गर्ने संविधान हुनुपर्ने बताए।

थारूवान

महोत्तरी प्रशासनले लगाएको कर्फ्यूको अवज्ञा गर्दै प्रर्दशनमा उत्रेकामाथि प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ। चार जना प्रर्दशनकारीलाई गोली लागेर घाइते भएका छन्। बन्दकर्ता र प्रहरीबीच शुक्रबार दिउँसो जलेश्वरको शंकर चोक र नगरपालिका चोकमा भएको झडपमा हातिलेट घर भएकी ३५ वर्षीया रामशिला ठाकुरको मृत्यु भएको छ। मृतक ठाकुर राप्रपा...

थारूवान

प्रमुख तीन दल आन्दोलनकारीको माग अनुसार संविधानसभाको प्रक्रिया स्थगित गरेका छन् । साथै वार्तामा आउन आन्दोलनरत मधेसी मोर्चा र थारु लगायतलाई पुनः आहृवान समेत गरेका छन् ।

थारूवान

संविधानसभाका तीन प्रमुख राजनीतिक दलहरू नेपालको पछिल्लो राजनीतिक अवस्थाप्रति गम्भीर नरहेको भन्दै नेपाली कांग्रेसका केही असन्तुष्ट नेता तथा सभासदले अन्तर्राष्ट्रिय समुदायलाई पत्राचार गरेका छन्। केही सभासदको हस्ताक्षरसहित काठमाडौंस्थित कूटनीतिक नियोगहरूलाई पूर्वमन्त्री समेत रहेका कांग्रेस सभासद सुरेन्द्रप्रसाद चौधरीले पत्राचार गरेका हुन्। सभासद चौधरीले पत्रमा क-कसको हस्ताक्षर रहेको नखुलाई भने, ‘धेरै...

थारूवान

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले थारुहरुको माग सम्बोधनका लागि अन्तिम पहल गर्ने बताएका छन्। तराई मधेसमा आन्दोलन भइरहेका बेला एमाओवादीले बिहीबार पेरिसडाँडामा थारु राष्ट्रिय मुक्ति मोर्चाको विषेश भेला बोलाएको थियो। भेटमा एमाओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता डा. बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशसहितका नेताहरु पनि सहभागी भए।

थारूवान

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विहीबार बसेको बैठकले नाकाबन्दी कडा पार्दै बाटो घाटो पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ। भैरहवामा भएको मोर्चाको बैठकले सरकारी कार्यालय पूर्णरुपमा ठप्प गर्ने तथा गाउँस्तरमा रहेका कार्यालयहरु पनि बन्द गराउने निर्णय गरेको हो।

थारूवान

संविधानको परिमार्जित विधेयकमा असन्तुष्ट थारु समुदायको आन्दोलनलगायत पार्टीका नीतिका बारेमा छलफल गर्न एमाओवादीले थारु राष्ट्रिय मुक्ति मोर्चाको विशेष राष्ट्रिय भेलाको बोलाएको छ। पार्टी अध्यक्ष प्रचण्डको विशेष उपस्थितिमा सुरु भएको भेलामा कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दियालगायतका जिल्लाका मोर्चासम्बद्ध पदाधिकारीहरुको उपस्थिति छ।

थारूवान