moist tharu

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले थारुहरुको माग सम्बोधनका लागि अन्तिम पहल गर्ने बताएका छन्। तराई मधेसमा आन्दोलन भइरहेका बेला एमाओवादीले बिहीबार पेरिसडाँडामा थारु राष्ट्रिय मुक्ति मोर्चाको विषेश भेला बोलाएको थियो। भेटमा एमाओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता डा. बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशसहितका नेताहरु पनि सहभागी भए।
भेलामा थारु नेताहरुले ब्रिफिङ गर्दै आफूहरुको माग सम्बोधनका लागि पहल गर्न नेतृत्वलाई आग्रह गरेका छन्। कैलालीदेखि नवलपरासीसम्म एक प्रदेशसहित मधेसमा तीन प्रदेश बनाउनुपर्ने उनीहरुको माग थियो।
जवाफमा दाहालले शुक्रबार तीन दलको शीर्ष नेताहरुको बैठक बोलाइएको र त्यसमा आफूहरुले पहल गर्ने बताए। उनले भने- ‘थरुवान हुनुपर्छ भनेर त हामीले पहिलेदेखि भन्दै आएको हौं। तर, अहिले हामीले मात्र भनेर हुने अवस्था छैन। कांग्रेस र एमाले मान्दा मात्र सम्भव छ।’

कांग्रेस र एमालेलाई सहमति गराउन अन्तिम प्रयास गर्ने भन्दै प्रचण्डमा सहमति नभए आन्दोलनमा जान नरोक्ने बताए । ‘कांग्रेस र एमालेले मान्यो भने ठिक छ । मानेनन् भने आन्दोलनमा नजानुस् भनेर रोक्दिँन’ दाहालले भनेका छन् । तर, आन्दोलनका नाममा हिंसात्मक गतिविधि गर्ने र संविधान नै बन्न नदिने प्रपन्चप्रति भने सचेत हुनुपर्ने नेताहरूले बताएका छन्।’
एमाओवादीको थारु मोर्चा थरुहट/थारुवान संयुक्त संघर्ष समिति अन्तरगत रहेर नै आन्दोलनमा सहभागी भएको छ। उसले शुक्रबार बस्ने तीन दलको बैठकबाट माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने बताएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *