देश

ठाकुर निवासमा मधेसी दलका नेताहरुको बैठक

तराईमा आन्दोलनरत मधेसी दलका नेताहरुबीच आज भक्तपुरको सानोठिमीस्थित तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवासमा गोप्य बैठक बसेको छ। संविधानसभाले आगामी असोज ३ गते संविधान जारी गर्ने भएपछि आन्दोलनरत मधेसी मोर्चाका नेताहरुबीच तीन घण्टा लामो छलफल भएको हो।

थारूवान

पूर्व मानीनय शान्ता चौधरीज्यू, तपाईंलगायत केही एमालेवादी थारु अगुवा, नेता, पत्रकारको अगुवाइमा दाङमा सदभाव र्‍याली निकालेको खबर पाउँदा ज्यादै दुःखी लाग्यो। यो पत्र सबैको लागि भए पनि तपाईँको लागि विशेष भनेर कोर्दैछु। किनभने तपाईं अरुभन्दा थारुको पीडा बढी बुझेको र भोगेका मेरो बुझाइ छ। त्यो सदभाव र्‍याली केका लागि...

थारूवान

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले असोज तीन गते सबै जिल्लामा संविधान जलाउने घोषणा गरेका छन् । उनले मोर्चाका कार्यकर्ता तथा सर्वसाधारणलाई संविधान जलाउन अपीलसमेत गरेका छन् ।

थारूवान

संविधानसभाको आजको बैठकमा ‘नेपालको संविधानको परिमार्जन विधेयक, २०७२’ का १७६ सम्मका धारा पारित भएका छन्। बैठकमा न्यायापालिकासम्बन्धी धारा १२८ देखि १५६ सम्मका धारा पारित भए । धारा १२९ मा प्रमुख तीन दलका तर्फबाट प्रस्तुत भएको सर्वोच्च अदालतमा बढीमा २० जनासम्म स्थायी न्यायाधीश रहने संशोधन प्रस्ताव पारित भयो ।

थारूवान

टीकापुर घटनामा संलग्न भएको आरोपमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारुसहित २२ जनाविरुद्ध प्रहरीले कर्तब्य ज्यान मुद्दा दर्ता गराएको छ । जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरिक्षक बिश्वराज खड्काले आवश्यक अनुसन्धान पछि २२ जनाविरुद्ध कर्तब्य ज्यान मुद्दा दायर गरेको बताए । ‘सरकारी वकिलको कार्यालयमा प्रस्तावित राय बुझाउने प्रकृयाको...

थारूवान

नेपाली कांग्रेसका सभासद सुरेन्द्रप्रसाद चौधरी फेरि संविधानसभामा फर्किएका छन्। वरिष्ठ नेता शेरबहादुर देउवाले फोन गरेर बोलाएपछि उनी संविधानसभाको प्रक्रियामा फर्किएका हुन्। यसअघि उनले संविधानसभा बहिष्कार गरेको भन्दै नफर्किएको बताएका थिए।

थारूवान

संविधानसभाले नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ को धारा ३८ मा रहेको महिलाको हकसम्बन्धी प्रावधानलाई अनुमोदन गरेको छ। संविधानसभाको आजको बैठकले उक्त धारामा परेको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो। सो प्रस्तावमा सभासद्हरु कुन्तीकुमारी शाही, मीना पुन, विश्वेन्द्र पासवान, यशोदाकुमारी लामा, हरिचरण साह, गोपाल दहित, आनन्दी पन्त, भक्तबहादुर खपाङ्गीलगायतले संशोधन...

थारूवान

‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि सदस्यहरुबाट प्राप्त संशोधनलाई संविधानसभाको आजको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने क्रम चलिरहेको छ । अहिलेसम्म यस विधेयकको ‘भाग १’ मा रहेका विभिन्न नौ धारा पारित भएका छन् ।

थारूवान

मधेसी-थारु, आदिवासी-जनजाति र दलितसहित सीमान्तकृत समुदायको अधिकार खोसिन लागेको भन्दै एमाओवादीका नेता तथा सभासद् प्रभु साह संविधानसभाको मतदान प्रक्रिया बहिस्कार गरेका छन्। उनले असमति पत्र दर्ता गराउँदै मतदान प्रक्रियामा सहभागी नहुने जनाएका छन्।

थारूवान

प्रादेशिक सीमाङ्कनप्रति आपत्ति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले आज सिरहा जिल्लाबाट प्रतिनिधित्व गर्ने विभिन्न दलका सभासद्लाई दबाबपत्र पठाएका छन्। मोर्चाको अगुवाइमा जारी मधेस आन्दोलनमा समर्थन जनाउँदै संविधानसभामा मधेसी, थारु, दलित र मुस्लिम समुदायको पक्षमा भूमिका खेल्न आग्रह गर्दै सभासद्लाई मोर्चाले दबाबपत्र पठाएको हो।

थारूवान