देश

पूर्व प्रमुखहरुले नागेन्द्र र पेम्बाको राजीनामा मागे

नेपाल आदिवासी जनजाति महासंघका पूर्व प्रमुखहरुले अध्यक्ष नागेन्द्र कुमाल र महासचिव पेम्बा भोटेको राजीनामा माग गरेका छन् ।  पूर्व अध्यक्ष तथा महासचिवहरुले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरेर कुमाल र भेटेले जनजातिलाई धोका दिएको आरोप लगाएका छन् । 

थारूवान

प्रमुख तीन दलले मधेसी मोर्चा र थरुहट/थारुवान संयुक्त संघर्ष समितिलगायत आन्दोलनरत पक्षसँग छलफल गर्न वार्ता टोली गठन गर्ने सैद्धान्तिक सहमति गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बैठकले आन्दोलनरत पक्षसँग वार्ता गर्न टोली गठन गर्ने सैद्धान्तिक सहमति गरेको छ।

थारूवान

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको निर्णयसँगै आन्दोलनकारीले बिहीबार बिहानदेखि वीरगन्जस्थित भारतीय नाकामा धर्ना दिएका छन्। वीरगन्ज र रक्सौलको बीचमा पर्ने मितेरी पुलमा आन्दोलनकारीहरुले धर्ना दिएर नाकाबन्दी गरेका हुन्।

थारूवान

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आमहड्ताललाई निरन्तरता दिँदै आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ। समितिले तराईको चार स्थानमा क्षेत्रिय स्तरको समीक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ। जसअनुसार समितिले बर्दिया, डन्डा, रौतहट र इटहरीमा कार्यक्रम आयोजना गरेको छ। मितिबारे भने खुलाइएको छैन। हेर्नुस् समितिले जारी गरेको प्रेस विज्ञप्ती।

थारूवान

आन्दोलरत् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसमा जारी आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । राजविराजमा बुधबार सम्पन्न मोर्चा बैठकले काठमाडौंलाई दवाब पुग्ने गरी आन्दोलन केन्द्रित गर्ने निर्णय गरेको हो ।

थारूवान

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक मंगलबारबाट सप्तरी सदरमुकाम राजविराजस्थित एक निजी निवासमा जारी छ । नेताहरु पुग्न ढिला भएपछि मंगलबार अबेर राति साढे नौ बजे मात्र बैठक सुरु भएको थियो । हिजो रातिको सत्रमा ४० दिनदेखि जारि आन्दोलनको समिक्षा तथा सरकारी वर्ताको आह्वान र सरकारी प्रतिनीधिहरुसँगको अनौपचारिरक वर्ताहरुबारे समिक्षा...

थारूवान

विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले प्रदेशको सीमांकनमा मधेस थरुहटका झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर जिल्ला विवादको केन्द्र रहेकाले यो विषयलाई अविलम्ब वार्ता र सहमतिबाट टुंग्याई आवश्यक संविधान संशोधनको माग गरेको छ । मोर्चाको मंगलबार बसेको बैठकले मधेस र थरुहटको आन्दोलन मुख्य रुपमा संघीयताको विषयमा केन्दि्रत रहेको ठहर गरेको...

थारूवान

एमाओवादी थारु नेताहरुले वार्ताका लागि पहल गर्न पार्टी अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन् । मंगलबार विहानै थारु सभासद तथा नेताहरु प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए । उनीहरुले थारु समुदायको आन्दोलन सम्बोधनका लागि तत्काल वार्ताको वातावरण बनाउन प्रचण्डलाई आग्रह गरेका छन् । आन्दोलनका क्रममा पक्राउ परेका नेताहरुलाई मुद्धा लगाउने क्रम...

थारूवान

थरुहट तराई पार्टीले जनविरोधी संविधान नस्वीकार्ने चेतावनी दिएको छ। अध्यक्ष भानुराम चौधरीले विज्ञप्ती जारी गर्दै आदिवासी जनजाति, दलित, मुस्लिम, महिला आदि आन्दोलनका मूल मर्म, भावना एवं उपलब्धि विपरित षड्यन्त्रपूर्वक तीन नेताहरुले जनाहरु उपर जबरजस्त लादेको जनविरोधी प्रतिगामी संविधान कुनै पनि हालतमा नस्वीकार्ने उल्लेख गरेको छ।

थारूवान

  मान बहादुर पन्ना वीरेन्द्रनगरमा एक कार्यक्रमका बीच थारु कल्याण कारिणी सभा, सुर्खेतले वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कार्यक्रममा सभाका उपाध्यक्ष बेचुलाल चौधरीले–आर्थिक प्रतिवेदनमा थारुहरुको सामाजिक सांस्कृतिक पहिचान संरक्षणका लागि विभिन्न तालिम, अन्तरक्रिया, संग्रहालय निर्माणका लागि राप्रपा सांसद कोष जिविस, वन कार्यालय एवं स्थानीय स्रोत गरी रु ५लाख,...

थारूवान