Brg 02

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको निर्णयसँगै आन्दोलनकारीले बिहीबार बिहानदेखि वीरगन्जस्थित भारतीय नाकामा धर्ना दिएका छन्। वीरगन्ज र रक्सौलको बीचमा पर्ने मितेरी पुलमा आन्दोलनकारीहरुले धर्ना दिएर नाकाबन्दी गरेका हुन्।
धर्नामा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, फोरम लोकतान्त्रिकका पर्सा अध्यक्ष शशि कपुर मिया र संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवलगायत छन्।

आन्दोलनकारीको धर्नाका कारण भारतीय पक्षले कार्यजाती काम ठप्प पारेका छन्। यस्तो अवस्थामा मालबाहक ट्रक पठाउन नसकिने उनीहरुले बताएका छन्।

संघीय समाजवादी फोरम नेपाल पर्सा अध्यक्ष प्रदीप यादवले प्रहरी प्रशासनले बल प्रयोग गरेको भन्दै सीमा क्षेत्रमा धर्ना दिनुपरेको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *