moist tharuसंविधानको परिमार्जित विधेयकमा असन्तुष्ट थारु समुदायको आन्दोलनलगायत पार्टीका नीतिका बारेमा छलफल गर्न एमाओवादीले थारु राष्ट्रिय मुक्ति मोर्चाको विशेष राष्ट्रिय भेलाको बोलाएको छ। पार्टी अध्यक्ष प्रचण्डको विशेष उपस्थितिमा सुरु भएको भेलामा कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दियालगायतका जिल्लाका मोर्चासम्बद्ध पदाधिकारीहरुको उपस्थिति छ।

भेलामा पछिल्लो राजनीतिक परिस्थिति, थारु समुदायको आन्दोलन र संविधान निर्माण प्रक्रियामा थारु समुदायको मागलाई कसरी सम्बोधन गर्ने विषयमा छलफल गरिने छ। एमाओवादीले थारु समुदायका एजेण्डालाई संशोधन प्रस्तावमार्फत सम्बोधन गर्नुपर्ने अडान राख्दै आएको छ।

भेलामा अध्यक्ष प्रचण्डलगायत वरिष्ठ नेता बाबुराम भट्टराईलगायत अन्य नेताहरुको समेत उपस्थिति छ। एमाओवादी अध्यक्ष प्रचण्डमाथि एमाले र कांग्रेससँग थारुलगायत अन्य मुद्धामा लचिलो बनेको आरोप लागिरहेको सन्दर्भममा यो भेला महत्वपूर्ण मानिएको छ।

पछिल्लो थारु समुदायको आन्दोलनमा एमाओवादीको भातृ संगठन थारु राष्ट्रिय मुक्ति मोर्चाले समेत सक्रिय सहभागिता जनाएको छ।

एमाआवादीकै सुदूरपश्चिम क्षेत्रका नेता लेखराज भट्टलगायतले भने अखण्ड सुदूरपश्चिमको पक्षमा वकालत गर्दै आएका छन्। केन्द्रमा वरिष्ठ नेता बाबुराम भट्टराईले थारु आन्दोलमा समर्थन व्यक्त गरेपनि बाबुराम पक्षधर सुदूरपचिमका नेता खगराज भट्टलगायतले भने यस विषयमा केही बोलेका छैनन्।

everestdaily.com




Leave a Reply

Your email address will not be published. Required fields are marked *