देश

बर्दियाका थारु अगुवाले भने- युवाहरुको शक्ति प्रदर्शन गरौं

बर्दियाका थारु आन्दोलनकारीहरुले राजधानीमा शक्ति प्रदर्शन गर्नुपर्ने बताएका छन्। थारु युवा स्वंयसेवकका संयोजक महावीर चौधरीको नेतृत्वमा सहेलवा गाउँमा आयोजित कार्यक्रममा थारु आन्दोलनका अगुवाहरुले राजधानीमा शक्ति प्रदर्शन गर्नुपर्ने बताएका हुन्।

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको टीकापुरलाई रुवाण्डा बनाउने केही मधेसवादी नेताहरुको प्रयासलाई स्थानीय जनताले असफल पारेको भन्दै त्यहिँ पुगेर धन्यवाद दिएका छन् । कैलालीको अत्तरियामा आयोजित एमालेको वृहत जनसभालाई सम्बोधन गर्दै ओलीले भने- टीकापुरमा जातीय नरसंहार मच्चाउने केही बाहिरी तत्वको प्रयास यहाँ जनताले विफल बनाउनुभएकोमा धन्यवाद छ । ती...

थारूवान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्तलाई तत्काल निलम्बन गर्न सरकारलाई सिफारिस गरेको छ । सशस्त्र प्रहरी बलको विभिन्न सामग्री खरिदपछि ढुवानी गर्ने कार्यमा ठेक्का प्रक्रिया अगाडि बढाउँदा झुट्ठा बिल भर्पाई बनाई राज्य कोषको दुरुपयोग गरेको पाइएको दलिलसहित तत्काल निलम्बन गर्न आयोगले आज सरकारलाई सिफारिस गरेको हो...

थारूवान

मधेसी मोर्चाले संविधान संशोधनका विषयमा सरकारसाग कुरा नमिलेपछि आन्दोलन सशक्त बनाउने र शीर्षनेताहरुले काठमाडौं छाड्ने निर्णय गरेको छ । तराई मधेसमा आन्दोलन सुरु भएको १२५ औं दिन बिहीबार बसेको मोर्चाको बैठकमा अहिलेसम्मको आन्दोलनको समीक्षा समेत भएको छ । तमलोपा कार्यालय बिजुलीबजारमा बसेको बैठकले सीमा नाकामा धर्नासहितको आन्दोलन यथावत राख्ने निर्णय गरेको...

थारूवान

पूर्वका थारु अगुवाहरुले थारुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्‍ने बताएका छन्। बिराटनगरको नगरपालिका भवनमा आयोजित थरुहट थारुवान संयुक्त संघर्ष समितिको मेची महाकाली जनपरिचालन अभियानअन्तर्गत ६ जिल्लाका अगुवाहरुले एकजुट भएर नयाँ ढंगबाट आन्दोलन सुरु गर्नुपर्ने बताएका छन्।

थारूवान

नाराबाजी र वेल घेराउकाबीच संविधान संशोधन विधेयक र पुननिर्माण प्राधिकरण विधेयक संसदमा टेवल भएको छ। मंगलबार बसेको व्यसस्थापिका संसद बैठकमा मधेसी दलका सांसदको नाराबाजी, होहल्ला र वेल घेराउकाबीच दुवै विधेयक टेवल भएका हुन्।

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधान तथा भौतिक योजना मन्त्री विजयकुमार गच्छदारले ज्ञापन पत्र बुझाएका छन्। सरकार गठनका बेला पार्टीसँग भएको ८ बुँदे सहमति कार्यन्वयन नगरेको भन्दै गच्छदारले मंगलबार बिहान बालुवाटारमा ज्ञापन बुझाएका हुन्।

थारूवान

कालो छाला हुने र धोति लाउने बिहारी हुन् ? नयाँ शक्तिका अभियन्ता गंगानारायण श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गर्दै भने, ‘ओलिले ऐलान गरुन, के कालो छाला हुने र धोती लगाउने बिहारी हुन ?’ बिरोध सभालाई संवोधन गर्दै एमाओवादीका पूर्व केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठले प्रचण्डले पहिले मधेशसँग लभ पर्यो...

थारूवान

आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका अध्यक्ष पद्मरत्न तुलाधरले राज्यले अहिलेको संविधानलाई उत्कृष्ट संविधान भन्दै जतालाई भ्रममा पारेको आरोप लगाए । उनले भने, ‘रोडियो सुन्छु त्यस्तै आउँछ, टिभी हेर्छु त्यही अखबारमा त्यही, यो सब जनतालाई भ्रममा पार्ने काम मात्र भएको छ, जनतालाई उत्पीडनमा राखेर अधिकार दिएका छौं भन्दै ढाँट्न पाइँदैन।’

थारूवान

नयाँ संविधानले आदिवादी जनजाती, थारु र तराई मधेश लगायतका जनतालाई अधिकार नदिएको भन्दै सडकमा आएका आन्दोलनका अगुवाहरुले बलमिच्याईं गरे थारुहट र मधेश छुट्टै राज्य बन्न सक्ने चेतावनी दिएका छन्।

थारूवान