देश

कैलाली कञ्चनपुरकाे थारू बाहुल्य क्षेत्र हेरफेर हुनसक्छ : दाहाल

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ७ नम्बर प्रदेशको सीमांकन हेरफेर हुनसक्ने बताएका छन्। क्रान्तिकारी पत्रकार संघ कैलालीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले मधेसी र थारुहरुसँग नयाँ सहमति गर्न सीमांकन हेरफेर हुने बताए।

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले सबैलाई समान अधिकार र अवसर दिएको बताएका छन्। थारु कल्याणकारिणी सभा उपत्यका समितिद्वारा आयोजित माघी महोत्सवलाई सम्बोधन गर्दै उनले भने, ‘थारु समुदायलाई संविधानले कुनै पनि विभेद् गरेको छैन, अब थारु जनताको विकास, उन्नतिका लागि सरकारले सक्दो सहयोग गर्नेछ।’

थारूवान

‘माघी’ आयो भने वर्ष दिनको ‘करार’ सकिन्थ्यो। वार्षिक सम्झौता सकिएपछि साहुले घर पठाइदिन्थे। साहुको ‘शासन’ बाट उम्कन पाउँदा कमलरी दासताबाट मुक्ति मिलेझैँ लाग्थ्यो, मन फुरुंग बन्थ्यो। साहुसँगको श्रम करार पूरा गरेर ‘माघी’ मनाउन घर फिर्ने दाङ, रामपुरकी शान्ताको मुक्ति अनुभव दुई–तीन दिनभन्दा बढी टिक्दैनथ्यो। माघमा दैलो टेकेसँगै नयाँ साहुसँग...

थारूवान

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले प्रमुख ठूला दल र आन्दोलनरत मधेसी मोर्चाले तराईमा तीन प्रदेशको विकल्प नमानेसम्म तराईमा देखिएको समस्या समाधान नहुने बताएका छन् । बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी गच्छदारले तीनप्रदेशको विकल्प नमानेसम्म समस्या यथवत रहने बताएका हुन्।

थारूवान

स्वास्थ्य मन्त्री रामजनम चौधरीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेकाे आफ्नो सम्पत्ति विवरणमा मन्त्री चौधरीको कैलाली जिल्लाको जोशीपुर गाविस–४ मा पुख्र्यौली घर रहेको उल्लेख छ।

थारूवान

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले तराई मधेसमा दुई प्रदेश असम्भव रहेको स्पष्ट पारेका छन् । ‘मधेसमा दुई प्रदेश असम्भव छ । झापा, मोरङ र सुनसरीलाई दुई नम्बर प्रदेशमा मिसाउनै पर्ने अतिवादी कुरामा त्यहाँका जनता सहमत छैनन्,’ काठमाडौंमा आइतबार रिपोर्टर्स क्लवको ज्ञापन पत्र बुझेपछि गच्छदारले भने, ‘यी...

थारूवान

थारु नेता राजकुमार लेखीले तराई-मधेसको माग पूरा नभएसम्म बन्द नखुल्ने दाबी गरेको छन्। ‘अहिले पनि हामी मधेसी मोर्चासँगै आन्दोलनमा छौं, जबसम्म सरकारले तराई मधेशको माग पूरा गर्दैन त्यति बेलासम्म नाकाबन्दी पनि खुल्दैन’ उनले भने। तराई मधेसमा जे जति नागरिक मारिएका छन् त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने धारणा लेखीले राखेका छन्।...

थारूवान

प्रमुख तीन दलसँगको वार्ता साकारात्मक भएको प्रतिक्रिया दिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नाकाको धर्ना जारी राख्दै थप आन्दोलन कार्यक्रम घोषणा गरेको छ। मोर्चाको तीन दिने बैठकले माग पूरा गर्न सरकार गम्भीर नभएको आरोप लगाउँदै १० दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। ‘अहिलेसम्म औपचारिक वा अनौपचारिक रूपमा करिब २५ भन्दा...

थारूवान

एमाले दाङका कार्यकर्ताहरुबीच जिल्ला पार्टी कार्यालयमा कुटाकुट भएको छ। जिल्ला कमिटीको तीन दिनदेखि जारी बैठकका क्रममा पार्टी कार्यालय हाताभित्र जम्मा भएका नेताहरुबीच हात हालाहाल भएको हो। एमाले दाङ जिल्ला सचिवालय सदस्य विवेक श्रेष्ठ र रुकुम जिल्ला कमिटी सदस्य प्रेम बुढाबीच हात हालाहाल भएको थियो।

थारूवान

सरकारले थरुहट थारुवान संयुक्त संघर्ष समितिसँग आज बेलुकु वार्ता गर्ने भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार थारु आन्दोलनकारी र सरकारबीच बेलुका ७ बजे प्रधानमन्त्री निवास बलुवाटारमा औपचारिक वार्ता हुँदैछ। संघर्ष समिति र सरकारको वार्ताबारे संयुक्त संघर्ष समिति, आन्दोलन परिचाल समितिका सदस्य मीनराज चौधरीले पुष्टि गरेका छन्। उनले...

थारूवान