तस्बिर सौजन्य : दिनेश गोले
तस्बिर सौजन्य : दिनेश गोले

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले सबैलाई समान अधिकार र अवसर दिएको बताएका छन्। थारु कल्याणकारिणी सभा उपत्यका समितिद्वारा आयोजित माघी महोत्सवलाई सम्बोधन गर्दै उनले भने, ‘थारु समुदायलाई संविधानले कुनै पनि विभेद् गरेको छैन, अब थारु जनताको विकास, उन्नतिका लागि सरकारले सक्दो सहयोग गर्नेछ।’

नेपाल र नेपालीले कसैलाई अन्याय नगर्दा पनि नाकाबन्दीका कारण इन्धनलगायतका अभाव झेल्नु परेको बताउँदै प्रधानमन्त्री ओलीले यो कठिनाइको अवस्था लामो समय नरहने उल्लेख गरे। उनले विकासको रफ्तारलाई कसैले पनि रोक्न नसक्ने बताउँदै पूर्व–पश्चिम राजमार्गलाई चौडा गर्ने, द्रुत मार्गलाई चाँडै पूरा गर्ने, मध्यपहाडी राजमार्गको निर्माण कार्यलाई पूर्णता दिने बताए।

आरोप प्रत्यारोप लगाउनेभन्दा पनि केही गरेर देखाउने समय आएको बताउँदै प्रधानमन्त्री ओलीले एकताबद्ध भएर देशलाई विकासको बाटोमा लैजानुपर्नेमा जोड दिए। काठमाडौँमा विद्युतीय बस चलाउन अभियान ल्याउँछु भनेपछि केही मानिस आत्तिएको बताउँदै उहाँले केही समयभित्रै काठमाडौँमा विद्युतीय रेल सञ्चालन गर्ने बताए।

काम गरेर देशलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीमा जनता निराश हुन पर्दैन भने।

पुनःनिर्माणका अभियानलाई चाँडै अघि बढाइने बताउँदै उहाँले भूकम्पपीडित जनतालाई राहत तथा न्यानो कपडा दिन गाउँगाउँमा पुग्ने प्रतिबद्धता व्यक्त गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *