Madhesi Morcha

मधेसी मोर्चाले संविधान संशोधनका विषयमा सरकारसाग कुरा नमिलेपछि आन्दोलन सशक्त बनाउने र शीर्षनेताहरुले काठमाडौं छाड्ने निर्णय गरेको छ । तराई मधेसमा आन्दोलन सुरु भएको १२५ औं दिन बिहीबार बसेको मोर्चाको बैठकमा अहिलेसम्मको आन्दोलनको समीक्षा समेत भएको छ । तमलोपा कार्यालय बिजुलीबजारमा बसेको बैठकले सीमा नाकामा धर्नासहितको आन्दोलन यथावत राख्ने निर्णय गरेको छ । सबै जिल्लामा आमसभा, लाठी जुलुस प्रदर्शनलगायतका कार्यक्रम समेत घोषणा गर्ने मधेसी मोर्चाको तयारी छ ।
भोलि शुक्रबार बैठक बसेर कार्यक्रमलाई अन्तिम रुप दिने र २ बजे पत्रकार सम्मेलन गरिने सदभावना पार्टीका महासचिव मनिष सुमनले जानकारी दिए । तराई मधेसमा धान काट्ने र गहुँ छर्ने काम भइरहेकाले त्यसलाई मध्यनजर राख्दै कार्यक्रम बनाइने नेताहरुले बताए ।

मधेसी मोर्चाले संसदमा प्रस्तुत भएको संविधान संशोधन विधेयक स्वीकार्य नभएको समेत बताएको छ । संसदमा अवरोध जारी राख्ने तमसपाका नेता रामनरेश रायले बताए । मधेसी मोर्चाको विरोधका बीच संसदमा संविधान संशोधन विधेेयक पेश भएको छ र शुक्रबार सैद्धान्तिक छलफल हुँदैछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *