Padma-ratna-tuladhar

आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका अध्यक्ष पद्मरत्न तुलाधरले राज्यले अहिलेको संविधानलाई उत्कृष्ट संविधान भन्दै जतालाई भ्रममा पारेको आरोप लगाए । उनले भने, ‘रोडियो सुन्छु त्यस्तै आउँछ, टिभी हेर्छु त्यही अखबारमा त्यही, यो सब जनतालाई भ्रममा पार्ने काम मात्र भएको छ, जनतालाई उत्पीडनमा राखेर अधिकार दिएका छौं भन्दै ढाँट्न पाइँदैन।’
मधेशमा राई, गुरुङ, मगर लगायतका सवै जातजातीका मान्छे बसोबास गर्दै आएको उल्लेख गर्दै तुलाधरले भने, ‘यहाँका नेताहरु तिनलाई अधिकार दिए राज्य टुक्रिन्छ भन्दै भ्रमित तुल्याइरहेका छन्।’
‘मधेशले कहिल्यै अंगिकृत नागरीकता हुनेले पनी राष्ट्रपती, प्रधानमन्त्री जस्तो पद पाउनुपर्छ भन्ने माग राखेको छैन।’ उनले भने, ‘तर यहाँका शोषकहरुले जनतालाई भ्रममा पार्न त्यस्तो दुस्प्रचार गरेका मात्र हुन्।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *