प्रधानमन्त्री ओलीले तत्कालै राजनीमा दिनुपर्छ : तेजुलाल चौधरी

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलालाई स्वागत गरेका छन्। थारुवानसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताए।

‘सर्वोच्च अदालतले संविधानलाई ट्र्याकमा ल्याउनुको साथै ओलीको असंवैधानिक कदमलाई निस्तेज पारिएको छ। त्यसैले प्रधानमन्त्रीले नैतिकताका आधारमा तत्‍काल राजीनामा दिनुपर्छ,’ उनले भने।

उनले असंवैधानिक तरिकाले अध्यादेश ल्याएर संवैधानिक नियकायहरुमा गरिएका नियुक्तिहरु खारेज हुनुपर्ने मागसमेत गरे। ‘तीन जनाले हस्ताक्षर गरेर अध्यादेश ल्याएर जुन तरिकाले नियुक्तहरु गरिएको त्यो तत्काल खारेज हुनुपर्छ,’ उनले भने।

उनले संसद पुनर्स्थापना भइसकेपछि सरकार गठनका लागि कांग्रेस तयार रहेकोसमेत बताए। त्यसका लागि आवश्यक छलफलहरु हुन जरुरी रहेको उनले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *