इलाम २ मा जनजाति पत्रकार मिलन लिम्बुलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत इलाम क्षेत्र नं २ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। रास्वपा प्राइमेरी इलेक्सनमार्फत छानिएका ६ जनाबीच बिहीबार भएको छलफलपश्चात लिम्बु सर्वसम्त बनेका हुन्।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार अन्य ५ जनाले उम्मेदवारी फिर्ता लिएका थिए। यसअघि लिम्बुसँगै गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, माबहादुर घिमिरे र डा. शेषरमन न्यौपाने प्रारम्भिक उम्मेदवारको सूचीमा छनोट भएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *