एमाले-माओवादी गठबन्धन एक महिना पनि टिक्दैन : मेटमणि चौधरी

नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले एमाले-माओवादी गठबन्धन एक महिना पनि नटिक्ने बताएका छन्। रिपोर्टर्स क्लबले लिएको अन्तर्वार्तामा उनले गलत नियतले एमाले-माओवादी गठबन्धन बनेको आरोप लगाए।

‘एमाले-माओवादी नेतृत्वको सरकारको आयु एक महिना पनि टिक्दैन। यो सरकार गलत नियतले बनेको छ। यो गठबन्धनले ठूला चुनौतीको सामना गर्नुपर्छ,’ उनले भने।

उनले वर्तमान गठबन्धनमा आफ्नो पार्टी सहभागी भए पनि त्यसले केही फरक नपार्ने र सरकारको आयु महिना दिन बढी नरहने दाबी गरे। ‘सरकारमा आफ्नो पार्टीको सहभागिता भए पनि यसको दीर्घायुमा थोरै पनि विश्वास छैन। सम्भवतः यो सरकार एक महिनाभन्दा बढी रहँदैन,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *