थरुहट नेता मोहन चौधरी माओवादीमा प्रवेश

थरुहट नेता मोहन चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन्। जनयुद्ध दिवसको अवसर पारेर उनी मंगलबार माओवादी प्रवेश गरेका हुन्। प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मोहन चौधरीलाई पार्टी प्रवेश गराएका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादीका थारू नेताहरू सहभागी थिए। जसमा सन्तकुमार थारू, कविर चौधरी, दीपेश थारुलगायत सहभागी थिए।

बर्दियाको ठाकुरद्वारामा होटल व्यवसायी सञ्चालन गर्दै आएका मोहन पछिल्लो समय नागरिक उन्मुक्ति पार्टीमा आबद्ध थिए। संसदीय निर्वाचनका बेला रेशम चौधरीले बर्दिया २ आफ्ना बुबालाई टिकट दिएपछि उनी रुस्ट बनेका थिए। त्यसलगत्तै उनले नागरिक उन्मुक्ति पार्टी परित्यागको घोषणा गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *