खिचरा डान्स आइडल : दोस्रो राउण्डका लागि १७ प्रतियोगी छानिए

नवौं खिचरा महोत्सवको दोस्रो दिन आज खिचरा डान्स आइडलको पहिलो राउण्डको प्रतियोगिता सम्पन्न भएको छ। अडिसनबाट छनौट भएका २८ प्रतियोगीहरू मध्ये १७ प्रतियोगीहरू दोस्रो राउण्डमा प्रवेश गरेका छन्।

पहिलो राउण्ड पार गरी दोस्रो राउण्डमा प्रवेश गर्ने प्रतियोगीहरूमा नविना भण्डारी जेसिका चौधरी, प्रसन्न अधिकारी, अथिना खुलाल, किमस महतो, प्रकृति श्रेष्ठ, खुशी खरेल, कंकाली मावि ग्रुप, सारा सुनार, बिराज लामा, सपुन सिरमल, लक्ष्मी सुनार, समीर गन्धारी, जेशिका बस्नेत, अनिमेस महतो, नन्दनी महतो, साईना चौधरी, ईसु चौधरी, सुस्मिता गिरी, दिपिका गिरी, सरस्वती गिरी रहेका छन्।

थारू कलाकार सभा चितवनका अध्यक्ष, निर्देशक तथा कलाकार सुरेश चौधरीस प्रथम उपाध्यक्ष तथा निर्देशक हीरा चौधरी र सचिव, गायक, मोडल रोहित चौधरीले डान्स आइडलको निर्णायकको भूमिकामा रह]का थिए। प्रतियोगताको फाइनल राउण्डमा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरूलाई क्रमशस् ३० हजार, २० हजार, १० हजार नगद पुरस्कार दिइने खिचरा डान्स आइडल कार्यक्रमका संयोजक हरिशरण चौधरीले बताए।

महोत्सवमा भोलिको मुख्य आकर्षणहरूमा लोकिप्रिय गायिका अन्नु चौधरी, हास्य कलाकार मनोज गजुरेल, गायक रोहितसिंह चौधरी लगायत थारू समुदायका विभिन्न साँस्कृतिक नाचगीतका साथै लोकप्रिय ब्याण्ड र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने महोत्सव मूल आयोजक समितिका संयोजक रामेश्वर चौधरीले जानकारी दिए।

थारू कल्याणकारिणी सभा (थाकस) चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा नं ५, जबकौली गौचरनमा आयोजना गरेको महोत्सव माघ १० गतेसम्म सञ्चालन हुनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *