सीमा चौधरीले जितिन् गैंडाकोट हाफ म्याराथनको उपाधि

गैंडाकोट हाफ म्याराथनको महिलातर्फ सशस्त्र प्रहरी बलकी सीमा चौधरी पहिलो भएकी छन्। निर्धारित दूरी एक घण्टा २७ मिनेट १४ सेकेण्डमा पूरा गर्दै महिलातर्फ पहिलो भएकी चौधरीले २५ हजार नगदका साथै मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन्।

हाफ म्याराथनमा सहभागीमध्ये उत्कृष्ट हुने (एक घण्टा १३ मिनेट ५८ सेकेण्डमा दूरी पार गर्ने) थप सात जनालाई समेत नगद पाँच हजारसहित पुरस्कृत गरिएको थियो। प्रतियोगितामा दुई सय ५० जनाले सहभागिता जनाएका थिए। निर्धारित दूरी पूरा गर्ने सबै धावकलाई मेडल प्रदान गरिएको थियो।

त्यस्तै पुरुषतर्फ नेपाली सेनाका धावक राजन रोकाया प्रथम भए। हाफ म्याराथनको २१ किलोमिटर दूरी उनले एक घण्टा तीन मिनेट पाँच सेकेण्डमा पूरा गर्दै उपाधि जिते। विजेता रोकायाले नगद एक लाखसहित मेडल र प्रमाणपत्र प्रदान गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *