पत्रकार लक्की चौधरीलाई २५ हजार राशिको प्रेस स्वतन्त्रता सेनानी सम्मान

यस वर्षको ‘सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी सम्मान २०८०’ बाट गोरखापत्रका उपसम्पादक लक्की चौधरीलाई सम्मानित गरिएको छ। उनलाई २५ हजार र सम्मानपत्र प्रदान गरिएको छ।

नेवाः पत्रकार राष्ट्रिय दबूले श्रेष्ठको १०८औं जन्मजयन्तीका अवसरमा आज ललितपुरमा आयोजित समारोहमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत तथा एभिएम (आदर्श विद्या मन्दिर)का प्रिन्सिपल सुजिता मानन्धरले संयुक्तरूपमा सम्मान गरेका हुन्।

त्यस अवसरमा सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप फुटसल प्रतियोगितामा विजयी टिमलाई पनि सम्मानित गरिएको थियो। प्रतियोगितामा नेवा स् पत्रकार राष्ट्रिय दबूको चितवन शाखा प्रथम र काठमाडौं शाखा दोस्रो र नेवा स्कलाकार टिमले तेस्रो स्थान प्राप्त गरेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *