विराट कोहलीको कीर्तिमानी शतक, तोडे सचिन तेन्दुलकरको रेकर्ड

आइसीसी विश्वकपको सेमिफाइनलमा ५०औं शतक बनाउँदै विराट कोहलीले सचिन तेन्दुलकरको कीर्तिमान तोडेका छन्। मुम्बईको वाङ्खेडे क्रिकेट रंगशालामा उनले न्युजिल्यान्डविरुद्धको खेलमा ५०‌‍औं ओडीआई शतक बनाएका हुन्। ११३ बल खेलका कोहलीले ९ चौका र २ छक्कासहित शतक प्रहार गरे। जारी विश्वकपमा उनको यो तेस्रो शतक हो।

सचिनले ओडीआईतर्फ ४९ शतक बनाएका छन्। कोहीलीले गत आइतबार आफ्नो ३५औं जन्मदनिको अवसरमा दक्षिण अफ्रिकाविरुद्ध शतक प्रहार गर्दै सचिनसँग बराबरी गरेका थिए। यससँगै जारी विश्वकपमा सबैभन्दा धेरै रन बनाउने खेलाडीमा पनि पहिलो नम्बरमा कोहली रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *