हङकङलाई ७९ रनले हराउँदै नेपाल फाइनलमा

हङकङलाई हराउँदै नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा प्रवेश गरेको छ। शनिबार मुलपानीमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गरेको हो। नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ओभरको खेलमा ८ विकेटको क्षतिमा १३४ रनमात्र बनाउन सक्यो।

हङहङका लागि अन्सी राथले सर्वाधिक ४५ रन बनाए। त्यस्तै अइजाज खानले २५, बाबर ह्यातले २०, हरुन अर्सदले १२ र स्कटले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।

नेपालका लागि करण केसी, सोमपाल कामी र ललित राजबंजीले दुई-दुई विकेट लिए। प्रतिश जिसी र दीपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओ‌भरको खेलमा ६ विकेटको क्षतिमा २१३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। नेपालका लागि कुशल मल्लले सर्वाधिक ९२ रन बनाए। त्यस्तै दीपेन्द्र सिंह ऐरी ५७ रन बनाए। कुशलले ४१ बल खेलेर ३ चौका र ९ छक्का प्रहार गरेका थिए भने दीपेन्द्रले ६ चौका र २ छक्का प्रहार गरेका थिए। त्यस्तै आसिफ शेखले २०, रोहित पौडेलले ११ रन बनाए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *