हमास आक्रमणमा मारिएका आशिष चौधरीको शव आइतबार काठमाडौं ल्याइने

हमास आक्रमणमा ज्यान गुमाएका चार जना नेपालीको शव पर्सी आइतबार नेपाल ल्याइने भएको छ। इजरायलको तेल अविवस्थित नेपाली दूतावासले कानुनी प्रक्रिया पूरा भएका चार जना नेपाली विद्यार्थीको शव शनिबार फ्लाई दुबईबाट नेपाल पठाउन लगिएको जानकारी दिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार नारायण न्यौपाने, लोकेन्द्रसिंह धामी, दीपेशराज विष्ट र आशिष चौधरीको शव कानुनी प्रक्रिया पूरा नेपाल ल्याउन लागिएको हो। उनीहरूको शव फ्लाई दुबईको जहाजबाट नेपाल ल्याउन लागिएको हो। उक्त विमान शनिबार दिउँसो १:२५ मा उडान भर्ने र दुबई हुँदै आइतबार विहान काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

अन्य शव पहिचानको क्रममा रहेकाले पहिचानपश्चातमात्रै शवहरू नेपाल पठाइने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। त्यस्तै बेपत्ता रहेका विपिन जोशीको उपलब्ध सम्पूर्ण संयन्त्र प्रयोग गरी खोजीकार्य जारी राखेको दूतावासले जनाएको छ।

हमास आक्रमणमा परी ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत् इजरायल गएका दस जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष चौधरी, बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दीपेशराज विष्ट, लोकेन्द्र सिंह धामी, धनुषाका आनन्द शाह, सुनसरीका राजेशकुमार स्वरंकार, डोटीका राजन फुलारा, पदम थापा र सल्यानका प्रवेश भण्डारी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *