रेशम चौधरीले लिए पार्टीको सम्पूर्ण कार्यकारी अधिकार, यस्तो छ निर्णय

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीको सम्पूर्ण कार्यकारी अधिकार लिएका छन्। टीकापुरमा गत शुक्रबार र शनिबार बसेको केन्द्रीय कमिटी बैठकबाट उनले पार्टीको कार्यकारी अधिकार लिएका हुन्। पार्टीको अध्यक्ष उनको पत्नी रन्जिता श्रेष्ठ रहे पनि महाधिवेशन सम्पन्न नभएसम्म रेशमले कार्यकारी अधिकार लिएका हुन्।

नागरिक उन्मुक्ति पार्टीका ऐतिहासिक प्रथम महाधिवेशन आयोजक समितिको संयोजकका साथै महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीका सम्पूर्ण कार्यकारिणी अधिकारसमेत पार्टीका संरक्षक माननीय रेशमलाल चौधरीज्यूलाई दिने निर्णय सर्वसम्मतबाट पारित गरियो। साथै महाधिवेशन आयोजक तपसिलका समितिहरूमा सदस्यहरूलाई संयोजकको जिम्मेवारी दिने निर्णयसमेत गरियो,’ प्रस्ताव ५ मा निर्णय गरिएको छ।

यससँगै पुस २६, २७ र २८ गते पार्टीको महाधिवेशन गर्ने निर्णय गरिएको छ। महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिहरू बनाइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *