पूर्व आईजीपीका पीएसओ लक्ष्मण चौधरीकी श्रीमतीमाथि गोली प्रहार

नेपाल प्रहरीका पूर्व आईजीपी ध्रुवबहादुर प्रधानका पीएसओ लक्ष्मण चौधरीकी श्रीमतीमाथि गोली प्रहार भएको छ। महाराजगन्जस्थित निवास बुधबार साँझ पीएसओ चौधरीकी श्रीमतीमाथि गोली चलेको प्रहरी प्रवक्ता कुवेर कडायतले पुष्टि गरेका छन्। चौधरीकी श्रीमतीलाई शिक्षण अस्पताल लगिएको उनले बताए।

‘गोली चलेको पक्का हो। तर एक्सिडेन्टल गोली चलेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले अन्नपूर्णसँग भने। उनका अनुसार पीएसओ चौधरीले झोलाबाट बन्दुक निकाल्ने क्रममा गोली चलेको भन्ने आशंका गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *