थारू पत्रकार संघका केन्द्रीय कोषाध्यक्षलाई पितृशोक

थारू पत्रकार संघ नेपालका केन्द्रीय कोषाध्यक्ष कारी महतोलाई पितृशोक परेको छ। उनको बुबा कानन् महतो थारूको ७१ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो। स्वर्गीय कानन् महतो थारूको परम्पराअनुसार अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ।

करिब २५ वर्षअघि गृहस्थी जीवनबाट पूर्णरूपमा सन्यास लिई पवित्र तीर्थस्थल देवघाट धाममा आवासीय रूपमा रहेका उनी एउटा समूह बनाएर भजनकीर्तन गर्ने, चन्दासंकलन गर्ने जस्ता काम गरेका थिए। चन्दा संकलनको अभियानमा वर्षौंसम्म ट्र्याक्टर रिजर्व गरी गाउँगाउँबाट धान, चामल र पैसा संकलन गरी देवघाटमा थारू धर्मशाला बनाएको उनका छोरा कारी महतोले बताए। अहिले थारू धर्मशाला तीन तल्लासम्म ढलान भएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *