थारू भाषाको लेखनशैलीलाई स्तरीकरण गर्न गोष्ठी सम्पन्न

कारी महतो/चितवन
थारू भाषाको लेखनशैलीलाई स्तरीकरण गर्नका लागि चितवन र नवलपुरका थारू समुदायका प्रतिनिधिहरूको सहभागितामा आज थारू मानक भाषा लेखनशैली कार्यशाला गोष्ठी सम्पन्न भयो। उक्त कार्यक्रम थारू आयोगका सदस्य भोलाराम चौधरीको प्रमुख आतिथ्यमा थारू कल्याणकारिणी सभा (थाकस) चितवनको सभाहल, भरतपुरमा सम्पन्न भएको हो।

थारू भषा साहित्य केन्द्र नेपालका आयोजना, थारू कल्याणकारिणी सभा र थारू भाषा मानक मस्यौदा समितिको सहकार्य तथा थारू आयोगको सहयोगमा सम्पन्न भएको हो। गोष्ठीमा थारू भाषा मानक मस्यौदा समितिका सदस्य महेश कुमार चौधरीले एक कार्यपत्र प्रस्तुत गरे। कार्यक्रममा थाकस नवलपुरका सभापति रामप्रसाद महतोले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै थाकसका केन्द्रीय पूर्व महामन्त्री भुलाई चौधरीले कार्यक्रमको ओैचित्यबारे प्रष्ट पारे।

कार्यक्रममा थाकसका केन्द्रीय उपाध्यक्ष विष्णुकुमारी चौधरी, केन्द्रीय पूर्वउपाध्यक्ष भजुमनराम महतो, बुद्धिजीवी डा. संजय महतो, डा. मनोज चौधरी, चन्द्रमणि महतो, थाकस नवलपुरका सभापति रामप्रसाद महतो, सचिव दुर्गेश चौधरी लगायतले मन्तव्य व्यक्त गरे। थाकस चितवनका सचिव तथा थारू पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष सन्तकुमार चौधरीले गोष्ठीको सहजीकरण गरेका थिए। गोष्ठीका सहभागीहरूबाट चितोनिया र ललपुरिया थारू भाषाका मौलिक शब्दहरू समेत संकलन गरिएको थियो।




One thought on “थारू भाषाको लेखनशैलीलाई स्तरीकरण गर्न गोष्ठी सम्पन्न

  1. यो गोष्ठीमा आ-आफ्ना कार्यव्यस्ताको वावयुद पनि यो प्रचण्ड गर्मीमा सहभागी भई गोष्ठी सफल बनाउन सहयोग गर्नु हुने सबै सहभागीहरुलाई थारु भसा साहित्य केन्द्र नेपालको तर्फबाट मुरी मुरी धन्यवाद तथा थारु कल्याणकारिणी सभा चितवनले यो कार्यक्रम सफल बनाउन अभिभावकीय भूमिका निर्वाह गरी हरेक किसिमको सहयोग गरे वापत थाकस, चितवन अर्थात् थाकस पदाधिकारीहरु प्रति धन्यवाद र आभार व्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *