एमालेको संसदीय विभागमा भगवती चौधरी मनोनीत

नेकपा एमालेले केन्द्रीय विभागको जिम्मेवारी हेरफेर गरेको छ। पार्टीको २३औं र २४औं सचिवालय बैठकपछि अपानी-८ सार्वजनिक गर्दै एमालेले विभागको जिम्मेवारी हेरफेर गर्नुको साथै केही नयाँ नेताहरूलाई मनोनीतसमेत गरेको छ।

संसदीय विभागको जिम्मेवारी पृथ्वीसुव्बा गुरुङलाई दिइएको छ। १६ सदस्सीय विभागमा देवेन्द्र दाहाल, भैरवसुन्दर श्रेष्ठ, लिलानाथ श्रेष्ठ, ज्वाला साह, ठाकुर गैरे, पदम गिरी, चन्द्रबहादुर विश्वकर्मा, बलराम अधिकारी, विद्या भट्टरार्श, भगवती चौधरी, सुनिता बराल, महेशकुमार बर्तौला, अम्वर रायमाझी, किरणकुमार साह र तारा लामा तामाङ छन्।

त्यस्तै केन्द्रीय प्रचार तथा प्रकाशन विभागमा डा. महेन्द्र बिष्ट, सूर्यमणी गौतम, रामशरण बजगाईँ, गणेश पाण्डे, राजेश राई, लीलाराज भट्टराई, रामकृष्ण ज्ञवाली, शेरबहादुर केसी, दीपक ज्ञवाली, लालबाबु शेख र हेमन्त पौडेल छन्।

त्यस्तै विपद व्यवस्थापन तथा स्वयम्सेवा विभागमा खेमराज पौडेल, हर्षमान महर्जन, हुमनाथ भुसाल, खेमराज ज्ञवाली, सुरज गौतम र ऋषि रेग्मी छन्। त्यस्तै कृषि तथा पशुपन्छी विभागमा पर्वत शर्मा भट्टराई र गोकर्ण अर्याल छन्। त्यस्तै खानेपानी विभागमा भक्तबहादुर थपा, सुनिता कार्की र डिआर वशिष्ठ छन्।

त्यस्तै अर्थयोजना विभागमा डिल्लीराज अर्याल, गिरीधारी पौडेल र क्रान्ति बुर्लाकोटी छन्। त्यस्तै पार्टी स्कुल विभागमा विद्या भट्टरार्श, डा. सुस्मिता ढकाल र शंकर महतो छन्। त्यस्तै संगठन विभागमा आनन्द पोखरेल र माधव ढुंगेल छन्।

भौतिक पूर्वाधार तथा निर्माणको सदस्यमा रविशंकर सिं कुशवाह र साहित्य, कला तथा सँस्कृति विभागमा मेघराज नेपाल ‘मञ्जुल’, श्याम तमोट, विष्णु प्रभात, ज्योतीकर शर्मा, अर्जुन पाण्डे, डिआर नेपाल, भूमिका सुब्बा, गणेश केसी, प्रतिभा पुन र इन्द्रकुमार श्रेष्ठ छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *