नेपालको पासपोर्ट उत्तर कोरियाभन्दा कमजोर

नेपालको राहदानी (पासपोर्ट) पुनः विश्वकै कमजोर सूचीमा परेको छ। द हेन्ली पासपोर्ट इन्डेक्सले जारी गरेको सूचीमा नेपाल ९८ स्थानमा छ। १०३ सूचीमध्ये नेपाल ९८ स्थानमा परेको हो। नेपालभन्दा पछाडि सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान रहेका छन्।

नेपालको राहदानी उत्तर कोरियाभन्दा पनि कमजोर रहेको तथ्यांकले देखाएको हो। नेपालभन्दा अघि उत्तर कोरिया, बंगलादेश, श्रीलंका, लिवियालगतय देश रहेका छन्।

त्यस्तै शक्तिशहाली राहदानीको नम्बर १ मा सिंगापुर रहेको छ। त्यसपछि दोस्रोमा जर्मनी, इटाली र स्पेन रहेका छन् भने तेस्रो सूचीमा अष्ट्रिया, फिनल्यान्ड, फ्रान्स, जापान, लक्जम्बर्ग, दक्षिण कोरिया र स्वीडेन रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *