समाजवादी मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति, नीति निर्माण गर्न बन्यो कार्यदल

समाजवादी मोर्चाको बैठकले आलोपालो अध्यक्षता गर्ने निर्णय गरेको छ। आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको बैठकले ६-६ महिना आलोपालो नेतृत्व गर्ने सहमति जुटेको एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए।

त्यस्तै माधव कुमार नेपालको नेतृत्वमा कार्यदलसमेत गठन भएको छ। कार्यदलमा माओवादीबाट देव गुरुङ, एकीकृत समाजवादीबाट रमेश हमाल, जनता समाजवादीबाट राजेन्द्र श्रेष्ठ र जेकपाबाट खड्गबहादुर विश्वकर्मा रहनेछन्।

कार्यदलले बैठकको मोडालिटी र मोर्चाको आगामी नीति तथा आचारसंहिताको टुंगो लगाउने पाण्डेले बताए। त्यस्तै समाजवादी मोर्चाले सातवटै प्रदेशमा कार्यक्रम गर्ने निर्णय गरेको छ। कार्यक्रमबारे विस्तृत विवरण २७ गते सार्वजनिक हुने उनको भनाइ छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *