चट्याङ लागेर रामनारायण चौधरीको मृत्यु

चट्याङ लागेर सोमबार दंगीशरण गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ। खेतमा काम गरिरहेका बेला अपराह्न चट्याङ पर्दा दंगीशरण-३ का ३७ वर्षीय रामनारायण चौधरी र दंगीशरण-६ का ३२ वर्षीय समीर केसीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए।

चट्याङ लागेर सख्त घाइते भएका दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *