थारू फुटसल प्रतियोगिता हुँदै, विजेताले ७५ हजार पाउने

डाइनामाइट फुटबल क्लबले यसपटक पनि सिक्स ए साइड थारु फुट्सल प्रतियोगिता आयोजना गर्ने भएको छ। नाइटिङ्गेल कलेजको सहयोगमा प्रतियोगिता हुन लागेको विमल चौधरीले जानकारी दिए।

उनका अनुसार प्रतियोगिता २५ र २६ गते आयोजना हुनेछ। इमाडोलस्थित फुट्सल ग्राउन्डमा हुने प्रतियोगितालाई नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ।

प्रतियोगिता विजेताले ७५ हजार ५ रुपैयाँसहित ट्रफी पाउनेछ भने दोस्रो हुनेले ५० हजार ५ रुपैयाँसहित ट्रफी पाउने आयोजकका तर्फबाट चौधरीले जानकारी दिए।
त्यस्तै तेस्रो हुनेले २५ हजार ५ रुपैयाँ र चौथो हुनेले १० हजार ५ रुपैयाँ पाउनेछ। प्रतियोगितामा यसपटक करिब ४ लाख ४० हजार खर्च हुने र सहभागी हुन दस हजार इन्ट्री शुलुक राखिएको आयोजकले जनाएको छ।




2 thoughts on “थारू फुटसल प्रतियोगिता हुँदै, विजेताले ७५ हजार पाउने

  1. थारु युवालाई मन पर्ने फुटबल प्रतियोगिताको आयोजना गरेर साँच्चै नै सर्हानीय काम गर्नुभयो तेजुलाल चौधरी सर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *