एमाले निकट थारू संघ उपत्यका कमिटी अध्यक्षमा सीयाराम चौधरी

नेपाल लोकतान्त्रिक थारु संघको उपत्यका कमिटी गठन भएको छ। शनिबार ललितपुरको च्यासलमा भएको दोस्रो उपत्यका सम्मेलनले कमिटीको अध्यक्षमा सीयाराम चौधरी (सिराहा) लाई सर्वसम्मत चयन गरेको हो।

३५ सदस्यीय उपत्यका कमिटीको उपाध्यक्षमा गीता चौधरी (कैलाली), सचिवमा रामस्वागत चौधरी (सप्तरी), सहसचिवमा उमेश चौधरी (सप्तरी) र कोषाध्यक्षमा लुमा चौधरी (बाँके) सर्वसम्मत चयन भएका हुन्।

त्यसैगरी, सदस्यहरुमा सपना चौधरी (उदयपुर), दीपा चौधरी (कैलाली), सपना चौधरी (कैलाली), पूजा चौधरी (उदयपुर), अनिता चौधरी (उदयपुर), सनराज चौधरी (सुनसरी), रामनारायण चौधरी (सुनसरी), राजकुमार चौधरी (सिराहा) रहेका छन्।

त्यस्तै सदस्यहरुमा सुवासकुमार चौधरी (सिराहा), सुजित चौधरी (रौतहट), पवन चौधरी (रौतहट), सुनु चौधरी (पर्सा), सुनीता चौधरी (पर्सा), मोतीलाल चौधरी (दाङ), उर्मिला चौधरी (दाङ), सुशीला चौधरी (दाङ), नन्दुराज चौधरी (दाङ), अनु चौधरी (बाँके), मञ्जु चौधरी (बाँके), अन्जु चौधरी (बाँके), आरती चौधरी (वर्दिया), शान्ति चौधरी (बर्दिया), कमल राना (कैलाली), अङ्कित राना (कैलाली), शान्ति राना (कञ्चनपुर), शारदा चौधरी (कपिलवस्तु) र सुदप हुजदार थारु (उदयपुर) रहेका छन्।

एमाले पोलिटव्यूरो सदस्य बैजनाथ चौधरीले थारु समुदायको हकहित संरक्षण तथा सम्बोधनका लागि संघमार्फत् राजनीतिक दबाबको खाँचो भएको बताए। थारु समुदायको समग्र हकहितका लागि संघमार्फत् एकताबद्ध भएर लाग्नुको विकल्प नभएको उनले चर्चा गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *