पूर्वन्यायाधीश गिरिशचन्द्र लालको खुलासा : टीकापुर घटना अर्कै समूहले घटाए, बालकको मृत्यु प्रहरीको गोलीबाट

पूर्वन्यायाधीश गिरिशचन्द्र लालले टीकापुर घटना अर्कै समूहको प्रवेशबाट भएको खुलासा गरेका छन्। कान्तिपुर टिभीसँग कुराकानी गर्दै लाल आयोगका संयोजकसमेत रहेका उनले अर्कै समूहले टीकापुर घटना घटाएको बताए। उनले आन्दोलनकारीबाट मारिएका दुई वर्षीय बालकको मृत्यु प्रहरीको गोलीबाट भएको बताए। उनले बालकको थ्रीनट थ्री गोलीबाट भएको खुलासा गर्दै उक्त गोली प्रहरीलेमात्र बोक्ने गरेको बताए।

उनले टीकापुर घटनामा जेलबन्दी जीवन बिताइरहेका रेशम चौधरी बारदात स्थलमै नरहेको बताए। उनले लाल आयोग प्रतिवेदन गोप्य राख्नुपर्ने कुनै कारण नभएको बताए। ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक भएपछि के के न हुन्छ भनिरहेका छन्। त्यसमा त्यस्तो केही पनि छैन जसले सरकारलाई अफ्ठ्यारो पर्छ। बरु सरकारलाई सहयोग गर्छ। यदि सरकार लोकतन्त्र मान्न तयार छैन भने हो अफ्ठ्यारो हुनसक्छ,’ उनले भे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *