थारु गीत ‘ओ सजन २’को भिडियो सार्वजनिक, पल र कविता अभिनित थारु फिल्म बन्ने

पल शाह अभिनित थारु गीत ‘ओ‌ सजन २’को म्युजिक भिडियो सार्वजनिक भएको छ। तीन महिना अगाडि सार्वजनिक भएको ओ सजनको सफलतापछि सिक्वेलको रुपमा ओ सजन २ ल्याएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

भिडियो पल शाहको हिरोइनको रुपमा कविता रायले अभिनय गरेकी छन‍्। यही जोडीले अभिनय गरेको पहिलो गीतलाई ३१ लाख बढीले हेरेका छन्। गीतमा नरेश जोगीको शब्द संगीत रहेको छ भने नरेश र अन्नु चौधरीको स्वर रहेको छ। गीतमा गणेश चौधरीले संगीत संयोजन गरेका छन्। गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन्।

गायक नरेश जोगीले आफ्नो गीतहरुमा नेपाली फिल्म क्षेत्रका चर्चित हिरो हिरोइनहरुलाई अभियन गराउँदै आएका छन्। उनको पहाडी बठिनिया बोल गीतमा पल शाह र वर्षा राउतले अभिनय गरेका थिए भने दिन गिन गिनके मा पल शाह र गरिमा शर्माले अभिनय गरेका थिए। पछिल्लो प्यारके जादु बोलको थारु गीतमा पल शाह र अनुभूति श्रेष्ठले अभिनय गरेका थिए।

ओ सजन थारु फिल्म बन्ने
यसैबीच सोमबार बालकुमारीमा आयोजित कार्यक्रममा ओ सजन नामक फिल्मको घोषणा गरिएको थियो। थारु र नेपाली भाषामा बन्ने फिल्ममा पल शाह र कविता रायको अभिनय रहने बताइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *