एकैदिन दुई जितिया गीतको भिडियो सार्वजनिक

एकै दिन दुई वटा जितिया गीत सार्वजनिक भएको छ। सेबिल इन्टरटेन्मेन्टले सार्वजनिक गरेको जितिया एलई मान हर्षित भेलई बोलको गीतमा सुनिल चौधरी र अनुमा चौधरिको स्वर रहेको छ। म्युजिक भिडियोमा मुस्कान चौधरी, रितु चौधरी, रजनिश चौधरी र संजय चौधरीको अभिनय रहेको छ। लोकेन्द्र राज चौधरीको परिकल्पनामा बनाइएको भिडियोलाई रजनिश चौधरीले निर्देशन गरेका छन्।

त्यस्तै आरएसआर प्रोडक्सनले नरिवलके गछिया बोलके गीत सार्वजनिक गरेको छ। अन्नु चौधरी र नरेश जोगीको स्वर रहेको गीतमा प्रेम कुमारी चौधरी र चितवन थारु समाजको शब्द संगीत रहेको छ। अरेन्ज भने गणेश चौधरीले गरेका छन्।
गीतको भिडियोमा मिस्टर थारु रविन चौधरी, नेहा चौधरी, संजय चौधरी र शोयक्षा महतोको अभिनय रहेको छ। प्रकाश खड्काको छायाँकन रहेको म्युजिक भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *