यी हुन् कैलालीका थारु जनप्रतिनिधि, जसले नेकपा एकीकृत समाजवादी पार्टी रोजे

कैलालीबाट तीन जना उपप्रमुख, १२ जना वडा अध्यक्ष, नौ जना कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिका उपाध्यक्षसहित ६५ जनाले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्। दल रोज्न पाउने अन्तिम दिन मंगलबारसम्म कैलालीका ६५ जनाले नेकपा (एस) रोजेका हुन्।

कैलालीका १३ वटा स्थानीय तहमध्ये आठ स्थानमा एमालेले प्रमुख पद जितेको थियो। आठमध्ये छ स्थानमा प्रमुख, उपप्रमुख एमालेले जितेको थियो। नेकपा (एस) रोज्ने थारु जनप्रतिनिधिमा जिल्ला समन्वय समिति कैलालीकी उपाध्यक्ष सुन्दरीदेवी चौधरी धनगढी उपमहानगरपालिका- १४ का अध्यक्ष राम बजारी चौधरीमात्र रहेका छन्। एमालेबाट निर्वाचित कैलालीका ४९ जना वडा सदस्यले नेकपा एस रोजेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *