थारु म्युजिक भिडियोमा अभिनेता पुष्प खड्काको ‘इन्ट्री’

थारु म्युजिक भिडियोमा नेपाली फिल्म क्षेत्रका अर्का अभिनेताको आगमन भएको छ। पल शाहपछि अभिनेता पुष्प खड्काको आगमन माया मोहनी गीतको म्युजिक भिडियोमार्फत् भएको हो। उनीसँगै मोडेल गीता ढुंगानाले पनि थारु म्युजिक भिडियोमा प्रवेश गरेकी छन्। यसअघि नरेश जोगीले वर्षा राउत र गरिमा शर्मालाई थारु म्युजिक भिडियो खेलाइसकेका छन्।

पुष्प खड्का र गीता ढुंगनालाई चितवनका गायक मनोज महतोले भित्र्याएका छन्। उनकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको माया मोहनी बोलको गीतमा अन्नु चौधरी र मुनाल महतोको स्वर रहेको छ। सुवेश कठरियाको शब्द रहेको गीतलाई मनोज महतोले कम्पोज गरेका छन्। गीतमा गणेश चौधरीको अरेन्ज रहेको छ।

भिडियोलाई सुरजदेव कुशुम्याले निर्देशन गरेका छन् भने कला निर्देशनका रुपमा प्रणव आकाश रहेका छन्। खुमनारायण महतोको निर्माणमा बनेको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने रामु चौधरीले सम्पादन गरेका हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *