नरेश जोगी र मेलिना राईको नयाँ गीत सार्वजनिक

नरेश जोगी र मेलिना राईको नयाँ गीत सार्वजनिक भएको छ। मनको मायालाई बोलको गीतमा नरेशकै शब्द र संगीत रहेको छ। गीतमा संगीत संयोजन भने श्यामस्वीट रसाइलीले गरेका छन्।

भिडियोमा पल शाह, अनुश्री र करिश्मा जोशीले अभिनय गरेका छन्। भिडियोलाई विक्राम चौहानले निर्देशन गरेका छन्।

गीतको भिडियोलाई सेबिल इन्टरटेन्मेन्टले सार्वजनिक गरेको छ। यसअघि थारु भाषाको गीत उत्पादन गर्दै आएको सेबिलले अब नेपाली भाषाको गीत पनि उत्पादन गर्ने सञ्चालक लोकेन्द्र राज चौधरीले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *