रेशम चौधरीलाई प्रश्न- तपाइँ उपेन्द्र यादवतिर लाग्नुभएको हो? यस्तो छ जवाफ

जेलमा रहेका जसपाका निलम्वित सांसद रेशम चौधरीले आफ्नोबारे भ्रामक समाचार सम्प्रेषण भएको बताएका छन्। उनले आफू अहिलेसम्ब तटस्ट रहेको प्रस्ट पारेका छन्। ‘निर्वाचन आयोगमा मैले गरेको निर्णय विपरीत गएको छैन। म अहिले पनि तटस्थ बसेको छु। मेरोबारे सञ्चारमाध्यममा भ्रामक समाचार सम्प्रेषण गराइयो,’ टेलिफोनमा चौधरीले भने।

उनले जसपा अहिल्यै फुटिनसकेको र नफुटेसम्म जसपाकै हैसियतमा आफूहरु रहने बताए। उनले जुन दिन अलग अलग पार्टी हुनेछ, त्यही दिन आफूले पनि तटस्थता तोड्ने बताए।

‘महन्थजीहरुले नयाँ पार्टी नखोलेसम्म हामी सबै जसपा नै हौं। जुन दिन पार्टी अलग अलग हुन्छ। त्यो दिन मैले पनि निर्णय लिनुपर्छ। तर निर्णय गर्नुअघि मैले दुवै पक्षका काम कारबाहीको समीक्षा गर्छु,’ उनले भने।

उनले पार्टी अलग अलग भए पनि दुवै पक्षले टीकापुर मुद्दा, थारु समुदायका मुद्दालाई कसरी लिन्छ, वा कसरी अगाडि बढाउँछ, त्यसमा भर पर्ने बताए।

‘अदालतमा मविरुद्ध मुद्दा छ। कयौं थारुहरुविरुद्ध मुद्दामा छ। मलगायत थारुहरुको बारेमा दुवै पक्षले कसरी काम कारबाही अगाडि बढाएको छ। त्यो सब कुराको समीक्षा गरेरमात्रै मैले निर्णय लिने हो,’ उनले भने।

उनले प्रकाशित भ्रामक समाचार पछि नलाग्न आम जनसमुदायलाई आग्रह गरेका छन्।




One thought on “रेशम चौधरीलाई प्रश्न- तपाइँ उपेन्द्र यादवतिर लाग्नुभएको हो? यस्तो छ जवाफ

  1. आफू नेपाली आदिवासी थारुवानको थारु तर तिमिले गर्दै आएको राजनीति भने एक सिमित क्षेत्रमै मधेसीको नामको राजनीति भयो ! कमसेकम थारू नामको राजनीति त गर्नुपर्थ्यो सोझा साझा हाम्रा थारु दाजुभाइहरु लाई ठग्ने होला ?

Leave a Reply to डम्मर दत्त पाण्डेय Cancel reply

Your email address will not be published. Required fields are marked *